जनता टाइम्स

१० पुष २०८०, मंगलवार १७:४०

प्रधानमन्त्रीको घोषणा : अव कार्यशैली बदल्छु, अपरिहार्यबाहेक कुनै कार्यक्रममा जान्नँ


काठमाडौं, पुस १० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यशैली बदल्ने घोषणा गर्नुभएको छ ।

सरकारको नेतृत्व गरेको एक बर्ष पुगेको अवसरमा आज देशवासीको नामा संबोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गर्नुभएको हो ।

उहाँले केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कार्यक्रममा नजाने घोषणा गर्नुभयो । नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने प्रतिवद्धतासमेत उहाँले जनाउनु भएको छ ।

‘सरकार असफल त भएन, तर आफ्नै हुटहुटी अनुसार परिणाम पनि आएको छैन,’ प्रधानमन्त्री दाहालले भन्नुभयो । बनिसकेको पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा रहेको जानकारी पनि उहाँले दिनुभएको छ ।

‘कति बन्यो भन्ने होइन, कति बन्नसक्थ्यो भन्ने आत्मसमीक्षामा छु, यही चिन्ता र आत्मसमीक्षाका साथ सार्वजनिक घोषणा गर्छु, अब सरकारको कार्यशैली बदलिनेछ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।