Untitled Document

विश्व क्रिकेट लिग : हङकङविरुद्ध राष्ट्रिय टोलीको घोषणा, शक्ति अटाएनन्

काठमाडौ, भदौ २१

विश्वक्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत हङकङ विरुद्धको खेलका लागी १८ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको छ । पारस खड्काको कप्तानीमा घोषित टोलीमा पाँच वर्षमा पहिलो पटक भेट्रान स्पिनर शक्ति गौचन टिममा परेका छैनन् । शक्तिलाई जण्डिस र पायल्स भएका कारण टोलीमा नराखिएको प्रशिक्षक जगत टमाटाले जानकारी दिनुभयो । उनलाई अझै दुई हप्ता आराम गर्न चिकित्सकले सुझाव दिएका छन् । यसैगरी टोलीमा ओपनर सुनील धमला समेत परेका छैनन् ।

घोषित टोलीमा खड्का सहित ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सोमपाल कामी, सागर पुन रहेका छन् । यस्तै, विनोद भण्डारी, करण केसी, नरेश बुढायर, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने रहेका छन् । अविनाश कर्ण, ललित सिंह भण्डारी, विक्रम शोव, दिलिप नाथ, हमिद अन्सारी र सुनिल धमला पनि टोलीमा अटाएका छन् । नेपाल आगामी असोज २७ र २९ गते हङकङविरुद्ध उसैको मैदानमा खेल्दैछ । पाचौ चरणको खेल सकिदा नेपाल ८ अंकका साथ छैटौं नम्वरमा रहेको छ भने हङकङ ११ अंकका साथ चौथो स्थानमा छ ।

२१ भाद्र २०७४, बुधबार १८:३६मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *