जनता टाइम्स

६ असार २०७६, शुक्रबार १३:४४

नेपालमा बनेको लगानीको वातावरणले युरोपियन मुलुक लगानी गर्न इच्छुकः भवानी राणा


काठमाडौं, असार ६

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले युरोपियन राष्ट्रहरु नेपालमा जलविद्युत, पर्यटन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताउनु भएको छ । उहाँले नेपाल–जर्मन उद्योग वाणिज्य संघको २५औं वार्षिक साधारण सभामा बोल्दै युरोपियन देश नेपालमा लगानीका लागि इच्छुक रहेको बताउनु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणका क्रममा व्यवसायीहरु नेपालमा लगानी गर्न तयार रहेको पाइएको भन्दै उहाँले भन्नुभयो ‘नेपालमा बनेको लगानीको वातावरणले उनीहरुलाई आर्कषित गरेको छ ।’
नेपालका लागि जर्मनीका राजदुत रोलाण्ड शेफेरले नेपालमा वैदेशिक लगानीको वातावरण बन्दै गएको बताउनु भयो । नेपालका लागि व्यवसायिक शिक्षा र सीप मूलक तालिम आवश्यक रहेकाले नेपालका उद्योग वाणिज्य संघहरुले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा जर्मनीका लागि पूर्व नेपाली राजदुत मदनकुमार भट्टराईले प्रशासनिक ढिलासुस्ती र कर प्रणाली अन्त्य तथा ट्रेड युनियनहरु सुद्रिय वैदेशिक लगानीको वातावरण बन्दै जाने बताउनु भयो ।