Untitled Document

राजपा घोषणापत्र : कांग्रेस-माओवादी मधेश र संघीयताबिरोधी, एमालेसँग चुनावी तालमेल हुनसक्ने संकेत

काठमाडौं, भदौ २२

राष्ट्रिय जनता पार्टी (राजपा) ले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई मधेश विरोधीको संज्ञा दिदै एमालेसँग चुनावी तालमेल हुन सक्ने संकेत गरेको छ । स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्न पार्टी कार्यालय बबरमहलमा पत्रकार सम्मेलन गरी राजपाले विचारमा समानता आए एमालेसँग पनि तालमेल हुनसक्ने बताएको हो ।

मुल चरित्र संघीयता विरोधी भन्दै माओवादी केन्द्रको चर्को आलोचना गरेको राजपाले नेपाली कांग्रेसलाई पनि संघीयता र समावेशी लोकतन्त्रप्रति प्रतिबद्ध नभएको किटानी गरिएको छ । अधिनायकवाद र सर्वसत्तावादमा विश्वास राख्ने हुनाले माओवादीको मूल चरित्र संघीयता विरोधी हो भन्दै घोषणा पत्रमा भनिएको छ, ‘रमेश महतोका साथै ५२ जना मधेशीको हत्यामा माओवादी केन्द्र नै मुख्य जिम्मेवार हो, माओवादी मधेश र संघीयताबिरोधी हो ।’

एमालेलाई ढुलमुले चरित्र बोेकेको पार्टी भएको र उसको नेतृत्व मधेश विरोधी उल्लेख गरेको राजपाले संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकका कारण मधेशका मुद्धा ओझेलमा परेको बताएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलका राजेन्द्र महतोले विचार मिले एमालेसँग पनि अझै तालमेल हुन सक्ने बताउदै यो अधिकार स्थानीय नेता कार्यकर्तालाई दिएको बताउनु भयो ।

घोषणापत्रमा बाढीको समस्या समाधानका लागि दीर्घकालीन रुपमा खोज्ने, खोलाका दुवै किनारामा तटबन्ध गर्ने, चुरे संरक्षणका लागी पहल गर्ने, निर्वाचनमा विजयी हासिल गरे मधेश आन्दोलनका क्रममा निधन भएका परिवारलाई विशेष प्राथमिकता दिने, विद्यालयमा पौष्टिक आहारको व्यवस्था गर्ने लगायतका बुदा उल्लेख छन् ।

२२ भाद्र २०७४, बिहीबार १८:३३मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *