Untitled Document

नाबालक छोराले सिकाएको पाठ : आफू मात्रै रमाएर मिल्दैन खुसी, असहायको सहारा बन्दा मिल्छ दुग्ना खुसी

गणेश बस्नेत

‘पापा आइ वान्ट टु सेलिब्रेट माइ बर्थ डे विथ डिस्यावल एण्ड अर्फेण्ड चाइल्ड,’ छोरा सुयोगको यो प्रस्तावले एकाएक झस्किए म । तत्कालै केही प्रतिक्रिया जनाउन सकिन । फेरि सहमतिसहितको जवाफ मागेको संकेतपछि ‘आक्स योर मामु’ भन्दै पन्छिएँ । चेल्सी इन्टरनेश्नल एकाडमीले सञ्चालन गरेको बिद्या संस्कार स्कूलमा कक्षा सातमा अध्ययनरत छोरा सुयोगको यो प्रस्ताव मेरो लागि अपेक्षित थिएन । प्रस्ताव अस्वीकार गर्न सक्ने अवस्थामा पनि थिईँन म । त्यसैले मामुलाई भन भन्दै पन्छिएँ ।

छोराले अर्फेण्ड चाइल्ड भनेपछि मनमा अनेकन प्रश्नहरु एकै पटक बर्सियो । आफैले आफैलाई जवाफ दिँदै चुपचाप सोचिरहें । सायद पापाको कष्टकर बाल्यकाललाई छोराले बुझेछ भन्ने  महसुस गर्दै मन शान्त पारें । एक प्रकारले निकै खुसी मिल्यो । मामुको अनुहारमा पनि त्यस्तै खुसी मिलेको आभाष देखियो । हामी उस्ले चाहेअनुसार बर्थ डे मनाउन सहमत भयौं । हाम्रो सहमतिले बाबुको अनुहारमा बेग्लै खुसी छायो 

सवैजसो साथीहरु आफन्त बोलाएर जन्मदिन मनाउने गरेको परिवेशमा हुर्किएको छोराले यस्तो प्रस्ताव राख्ला भन्ने कल्पना गर्न सक्ने अवस्थामा थिएनौं हामी । जसलाई आफ्नै बाबुआमाले अहिलेसम्म जन्मदिन मनाएको जानकारी छैन, उसैले राखेको यो प्रस्तावले निकै भावुक बनायो मलाई । अहिलेसम्म कुनै पनि कुरा अस्वीकार नगरेको मामुले उस्को प्रस्ताव नमान्ने कुरै थिएन । मामुले सहजै अनुमति दिइन, सामान्य जिज्ञासासहित, ‘मिसले सोधे के भन्छौं ?, किन यसरी बर्थ डे मनाउने सोच आयो ? भन्दै प्रश्न सोध्नुभयो भने के जवाफ दिन्छौं ?’

बाबुले जवाफ फर्कायो, ‘आफू मात्रै रमाइलो गरेर जीवनमा कहिल्यै खुसी मिल्दैन, आफूले अरु, जो असहाय र दुखी छन, उनीहरुलाई खुसी बनाउन सक्यो भने दुग्ना खुसी मिल्छ ।’ बाबुको यो जवाफपछि मन तरंगित भयो । आफ्नो बाल्यकालतिर फर्किएँ,  दोलखाको सुरी, (जो अहिले गौरीशंकर गाउँपालिका ५ मा पर्छ) मा बिताएको ती कष्टकर अनि गाउँले परिवेशको बाल्यकालतिर । आमाको अनुहारसमेत पहिचान गर्न नसक्ने अवस्थामै १८ महिनामा गुमाएको पीडा मनमा भरियो । सानैमा आमा गुमाएपछि टुहुरा बनेका हामी दुई दाजुभाईको अनुहार हेर्दै टिठ लाग्दो गरी आफन्त, बुढाबुढीले भनेको संझिएँ,  ‘टुहुराको दिन अवश्य आउँछ, पीर नमान्नु बाबु ।’

छोराले अर्फेण्ड चाइल्ड भनेपछि मनमा अनेकन प्रश्नहरु एकै पटक बर्सियो । आफैले आफैलाई जवाफ दिँदै चुपचाप सोचिरहें । सायद पापाको कष्टकर बाल्यकाललाई छोराले बुझेछ भन्ने  महसुस गर्दै मन शान्त पारें । एक प्रकारले निकै खुसी मिल्यो । मामुको अनुहारमा पनि त्यस्तै खुसी मिलेको आभाष देखियो । हामी उस्ले चाहेअनुसार बर्थ डे मनाउन सहमत भयौं । हाम्रो सहमतिले बाबुको अनुहारमा बेग्लै खुसी छायो । उस्ले सोच्यो सायद, मेरो खुसीमा पापा मामुबाट सधैं सहमति नै पाइन्छ ।

हामीले बाबुको चाहनाअनुसार उस्को बर्थ डे मनाउने स्थलको खोजी सुरु गरयौं । डिस्यावल एण्ड अर्फेण्ड चाइल्ड एकै ठाउँमा भेटन सकिने अवस्था काठमाडौंमा थिएन । संझिएँ, आफ्नो बिवाह गर्ने प्रस्ताव अस्वीकार गरी अपांगताको एउटा प्रकार अटिजम भएका बालबालिकालाई शिक्षा र उपचार गराउन लागेकी समाजसेवी बहिनी सविता उप्रेतीले स्थापना  गरेको काठमाडौंको काँडाघारीस्थित बिशेष स्कूल तथा पुनस्थापना केन्द्र (एसएसडिआरसी) । हामी त्यही स्कूलमा बाबुको बर्थ डे मनाउने निश्कर्षमा पुग्यौं । बाबुले नै निर्णय दियो,  ‘सवैलाई खाना खुवाएर बर्थ डे मनाउने,’ हामी निकै खुसी भयौं ।

टुहुरा, असहाय बालबालिकाको त्यो हृदयबिदारह दृष्य हेर्दै जव एउटा सटरमा पुगियो, अनुहारमा चमक देखिए । तिनै बालबालिकाले उपचारपछि नेपाली ढाका टोपी, खदादेखि चुरापोतेसम्मका सामाग्री निर्माण गरी बिक्रिका लागि राखिएको सटर थियो त्यो । त्यो सटरमा रहेका सवैको अनुहारमा खुसी थियो । हामी सवै काम गर्न सक्छौं, स्वाभिमानका सुाथ बाँच्न सक्छौं भन्ने आत्मबिश्वास उनीहरुमा पाइयो 

 

सविता बहिनीले यो स्कूल स्थापना गर्दा अटिजमबारे सामान्य ज्ञानसमेत थिएन नेपालमा । उहाँले त्यही काम अघि बढाउँदै अहिलेसम्म ७ सय ३० जना बालबालिकालाई फिजियोथेराफी सेवा प्रदान गर्नुभएको छ । अहिले पनि स्कूलमा ४५ जना बालबालिका उपचाररत छन । ९० जनाले बिशेया शिक्षा र बिभिन्न थेरापी सेवा प्राप्त गरेका छन । मस्तिष्क र स्नायू कोषहरुको स्वभाविक बिकाशक्रममा हुने असमान अवस्थाको रुप अटिजम हो । यसलाई नेपालीमा आत्मकेन्द्रित ब्यवहार भन्ने गरिन्छ । अटिजम निको हुने रोग होइन, रोग पनि होइन ।

समाजमा अरु ब्यक्ति सरह हक अधिकार स्थापित गरी अटिजम भएका बालबालिकाहरुलाई आवश्यक पर्ने बातावरण, बिशेष शिक्षा, बिभिन्न थेरापी सेवाहरु, सिपमुलक तालिममार्फत अटिजम भएका बालबालिकालाई शारिरीक तथा बौद्धिक रुपले सक्षम र आत्मनिर्भर बनाउँदै समाजमा पुनस्थापना गराउने लक्षका साथ एसएसडिआरसी स्थापना गर्नुभएको रहेछ सविता बहिनीले । स्कूल पुगेपछि यी सवै बिषयमा जानकारी मिल्यो ।

आफ्नो उमेरका बालबालिकाहरुसँग खेल्न नरुचाउने, असान्दर्भिक हँसाइ तथा रुवाई, आँखामा आँखा जुधाउन नसक्ने, घाउचोट र दुखाईप्रति वास्ता नगर्ने, एक्लै बस्न रुचाउने, समानहरु घुमाइरहने, खतरा नबुझ्ने, डर नहुने जस्ता लक्षण पहिलो कक्षामा रहेका बालबालिकामा देखियो । चौथो कक्षामा पुगेपछि तिनै बालबालिकामा उल्लेखनीय सुधार भई काम गर्न सक्ने हैसियतमा पुगेको दृष्यले मनमा खुसी नमिल्ने कुरै भएन 

स्थापनाकालमा पाएको दुःख कम पीडादायी रहेनछ उहाँको । हामीले प्रश्न सोध्यौं किन यस्तो दुखको काममा हात हाल्नुभयो ? सविताले जवाफ दिनुभयो, सवैले सुखको काममा मात्रै हात हाल्ने हो भने दुःख र पीडामा परेका यस्ता बालबालिका र यिनका अभिभावकको पीडा कस्ले सुन्ने ? आफूमा क्षमता भएर पनि थाह नपाउनेहरुको सेवा गर्दा खुसी मिल्छ भन्ने सोचेर एसएस्डिआरसी सुरु गरें ।’ हुन पनि स्कूल भ्रमण गरेपछि जानकारी मिल्यो, उपचारपछि उदाहरणीय काम गर्ने अवस्थामा पुगेका बालबालिका थुप्रै रहेछन । चार श्रेणीमा बिभाजन गरी थेरापीको माध्यमबाट उपचार गराई काम गर्न सक्ने अवस्थामा पुगेको दृष्य आफ्नै आँखाले देख्न पाइयो ।

आफ्नो उमेरका बालबालिकाहरुसँग खेल्न नरुचाउने, असान्दर्भिक हँसाइ तथा रुवाई, आँखामा आँखा जुधाउन नसक्ने, घाउचोट र दुखाईप्रति वास्ता नगर्ने, एक्लै बस्न रुचाउने, समानहरु घुमाइरहने, खतरा नबुझ्ने, डर नहुने जस्ता लक्षण पहिलो कक्षामा रहेका बालबालिकामा देखियो । चौथो कक्षामा पुगेपछि तिनै बालबालिकामा उल्लेखनीय सुधार भई काम गर्न सक्ने हैसियतमा पुगेको दृष्यले मनमा खुसी नमिल्ने कुरै भएन । यसमा पनि आमाबाबु नभएका ओखलढुंगाका लक्ष्मी पराजुलीदेखि माया घिमिरे, बिनय पराजुली, रिजन काफ्ले, अंकृत कार्की, सकार श्रेष्ठ र मनिष पाण्डेलाई स्कूलमै संरक्षण दिएर उपचार गराएको दृष्य अनि उनीहरुमा आएको सुधारले एकाएक आँखा रसाए ।

टुहुरा, असहाय बालबालिकाको त्यो हृदयबिदारह दृष्य हेर्दै जव एउटा सटरमा पुगियो, अनुहारमा चमक देखिए । तिनै बालबालिकाले उपचारपछि नेपाली ढाका टोपी, खदादेखि चुरापोतेसम्मका सामाग्री निर्माण गरी बिक्रिका लागि राखिएको सटर थियो त्यो । त्यो सटरमा रहेका सवैको अनुहारमा खुसी थियो । हामी सवै काम गर्न सक्छौं, स्वाभिमानका सुाथ बाँच्न सक्छौं भन्ने आत्मबिश्वास उनीहरुमा पाइयो । त्यो दृष्यले नाबालक छोरा सुयोगको असहायलाई सहयोग गर्दा दुग्ना खुसी मिल्छ भन्ने आत्मबिश्वास र टुहुराको दिन आउँछ भन्ने बाल्यकालको त्यो महानबानी सत्य रहेछ भन्ने बोध भयो ।

सायद सवै युवा युवतीहरु सविता उप्रेती जस्तै भइदिए, नेपालमा कोही पनि असहायको बिल्ला भिरेर बस्नु पर्ने थिएन । कोही पनि अभिभावक आफ्ना सन्तानलाई डोरीले बाँधेर काममा जानु पर्ने थिएन । छोराको सानो प्रस्तावले यति धेरै शिक्षा लिन सकियो, एसएसडिआरसीमार्फत सविता बहिनीले अघि सारेको सपना साकार भएको देख्न पाइयो । छोराले भनेजस्तै हामी अभिभावकलाई पनि त्यो दृष्यले दुग्ना खुसी मिल्यो ।

तस्विरमा एसएसडिआरसी घुम्दा मिलेको खुसी

२३ भाद्र २०७४, शुक्रबार १०:०२मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *