Untitled Document

एनआरएनए युके सम्मेलन : अपुरो काम पूरा गर्न उपाध्यक्षमा उम्मेदवारी दिएको सुशिला राईको उदघोष

बेलायत, भदौ २३

एनआरएनए युकेको सातौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवार बन्नुभएकी महिला नेतृ शुशिला राईले महिला संयोजकका रुपमा अघि बढाइएको कामलाई पूरा गर्न आफू उम्मेदवार बनेको बताउनु भएको छ । निर्वाचन हुनै लाग्दा राईले सामाजिक सञ्जालमाफृत अपिल गर्दै बिगतका अधुरा र अपुरा काम पूरा गर्नका लागि उपाध्यक्ष पदमा उम्मेदवार बनेको प्रष्ट पार्नुभएको हो ।

‘हजुरहरूकै माया, प्रेरणा बाट म शुसिला राई हाल एनआरएनए युके महिला संयोजक छु । अझै यो संस्थामा रहेर मेरा अपुरा कामहरू पुरा गर्न एही आउदो सेप्टेम्बर ९ मा हुन गै रहेको एनआरएनए युकेको सातौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिएकी छु । हजुरहरूलको अमुल्य मत दिई मलाई काम गर्ने शुभ अवसर प्रदान गर्नु हुनेछ भन्ने अपेक्षा राख्दछु,’ राईले आफ्नो अपिलमा भन्नुभएको छ । उहाँले आफूलाई अमुल्य मत दिएर बिजयी बनाइ काम गर्ने अवसर प्रदान गर्न पनि अपिल गर्नुभएको छ ।

राईको अपिल यस्तो छ

हजुरहरूकै माया, प्रेरणाबाट म शुसिला राई हाल एनआरएनए युके महिला संयोजक छु । अझै यो संस्थामा रहेर मेरा अपुरा कामहरू पुरा गर्न एही आउदो सेप्टेम्बर ९ मा हुन गै रहेको एनआरएनए युकेको सातौं राष्ट्रिय महाधिवेशनमा महिला उपाध्यक्षमा उम्मेदवारी दिन गै रहेकी छु । फेरि पनि हजुरहरूलको अमुल्य मत दिई मलाई काम गर्ने शुभ अवसर प्रदान गर्नु हुनेछ भन्ने अपेक्षा राख्दछु ।

म शुसिला राई सन् २००७ जुलाई १३ देखि मेरा श्रीमान नरेन्द्र कुमार राई, दुईछोरा मनिस राई अनिस राई, छोरी निर्मला राई सपरिवार अल्डरसट युकेमा बस्दै आएकी छु । यसबीचमा मैले एनआरएनए ए बेलायतका महिला संयोजक, आदिबासी महिला महासंघ बेलायतको कोषाध्यक्ष, संखुवासभा जिल्ला समाज कार्यसमितिको सदस्य जस्ता पद वसी आफनो जिम्मेवारी निर्वाह गरेकी यहाहरूमा सर्वविदितै छ । त्यतिमात्र होईन मैले मेरो मातृभुमि नेपामा रहदा देखि नै महिलाहरू माथि भएका अन्याय अत्यचारका बिरूद्ध शसक्त आवज उठाउदै आएकी छु । चाहे त्यो चेलिबेटी बेखबिखनबिरूद्धमा अभियानमा होस् या महिलाहरूको आयस्रोत बढाउन बचत कार्यक्रम संचालन गर्ने कार्यमा होस मैले सकेको सहयोग गर्दै आएकी हु ।

म नेपालमा रहदा पनि निरन्तर रूपमा सामाजिक र राजनितिक क्षेत्रमा क्रियाशील रहदै आएकी थिए । तेस सिलसिलामा मैले गोर्खा भूपू सैनिक संघ महिला अभियान जिल्ला कार्य समिति मोरंगको संस्थापक अध्यक्ष, किरात राई यायोख्या नगर प्रारम्भिक कार्यसमिति सदस्य, सुम्निमा सांस्कृतिक परिवार बिराटनगरको सदस्य, महिला क्षमता विकास केन्द्र सहकारी संस्था लिमिटेडको कोषाध्यक्ष, एबीसी नेपाल बिराटनगरको सदस्य, मकालु यातायात सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको सदस्य, सामुदायिक फोहोर मैला व्यवस्थापन समितिको सदस्यजस्ता दर्जनौं संघ संस्थामा रहेर काम गर्ने अवसर पाएकी थिए ।

यी विभिन्न भूमिका र अनुभवले मलाई थप परिपक्व मात्र बनाएन सामाजिक क्षेत्रमा काम गर्न लागी थप अझ आँट, हौसला र प्रोत्साहन मलाई मिल्यो । त्यसैले त आज म यहाहरू समक्ष उपाध्यक्ष पदमा रहेर काम गर्ने इच्छा जाहेर मात्र गरिरहेकी छैन त्यो साहस पनि गरिरहेकी छु । साथै हजुरहरू सम्पुर्णमा मलाई हजुरहरूको अमुल्य मत दिनु भई फेरि पनि हजुरहरू माझमा काम गर्न अवसर दिन हुन हार्दिक हार्दिक आग्रह गर्दछु ।

२३ भाद्र २०७४, शुक्रबार १३:२३मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *