Untitled Document

साउदी प्रवासी मञ्चले जम्मा गर्यो एमाले राहत कोषमा ३ लाख ३० हजार

काठमाडौं, भदौ २३

प्रवासी नेपाली मञ्च (ओएनएफ) साउदी अरबले ३ लाख ३० हजार रुपैया बाढीपीडितका लागि सहयोग गरेको छ । प्रवासी नेपाली मञ्चका अध्यक्ष बलराम गिरीले सदस्यहरुबाट उठाइएको सहयोग रकम एमाले केन्द्रीय कार्यालयको कोषमा बैंकमार्फत जम्मा गराउनु भएको हो ।

तराइका बाढीपिडित नागरिकको पीडामा थोरै भएपनि मलम लगाउन साउदीमा रहेका प्रवासी नेपाली मञ्चका सदस्यबाट ३ लाख ३० हजार रुपैया रकम उठाएर नेकपा एमाले प्राकृतिक बिपत्ति राहत कोषमा जम्मा गरेको हो,’ अध्यक्ष गिरीले भन्नुभयो ।

 

२३ भाद्र २०७४, शुक्रबार १४:०७मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *