Untitled Document

सात जनाको ज्यान जानेगरी भारतको पुरन्दरपुरमा भएको सवारी दुर्घटनामा नेपाली परेको आशंका, विस्तृत विवरण आउन बाकी

भैरहवा, भदौ २३

भारतको सुनौली गोरखपुर सडक खण्डको पुरन्दरपुर भन्ने ठाउमा भएको कार दुर्घटनामा सात जनाको मृत्यु भएको छ । मृत्यु हुने अधिकाशं नेपाली रहेको आशंका भारतिय प्रहरीले गरेको छ । दुर्घटनामा चार पुरुष, एक महिला र दुई बच्चा भएपनि पहिचान भने खुल्न नसकेको पुरन्दपुर थानाले जानकारी दिएको छ ।

गोरखपुरबाट सुनौली तर्फ आउदै गरेको युपी ५३ सि टी ७२०२ नम्वरको कार र सुनौलीबाट गोरखपुरतर्फ जादै गरेको ट्याङकर आपसमा ठोक्किँदा दुर्घटना भएको बताइएको छ । इलाका प्रहरी कार्यलय बेलहियाका अनुसार मृतक नेपाली भएको आशंका गरिएकाले घटनाको थप विस्तृत बुझ्न दुइ जना प्रहरी घटनास्थल पठाइएको जानकारी दिएको छ ।

२३ भाद्र २०७४, शुक्रबार १७:५८मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *