Untitled Document

भदौ २६ बाट पोखरामा अन्तराष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता हुने

पोखरा, भदौ २४

नेपालमै पहिलोपटक अन्तराष्ट्रिय स्तरको लन टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला लन टेनिस संघको आयोजना तथा नेपाल लन टेनिस संघ र अन्तराष्ट्रिय टेनिस महासंघको सहयोगमा पोखरा रंगशालामा भदौ २६ गतेदेखी प्रतियोगिता हुन लागेको हो । असोज ७ गतेसम्म हुने प्रतियोगितामा नेपाल, भारत र फिनल्याण्डका सिनियर टेनिस खेलाडीको सहभागिता रहने संघले जनाएको छ ।

संघले आज पोखरामा पत्रकार सम्मेलन गरी पहिलो सिफ्ट भदौ २६ देखि ३१ गतेसम्म, दोस्रो सिफ्ट असोज २ देखि ७ गतेसम्म हुने जानकारी दिएको छ । प्रतियोगितामा ३५, ४५ र ५५ वर्ष माथिका खेलाडीबीच प्रतिस्पर्धा हुने बताइएको छ । नेपालका पूर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा, मनोज राना, इन्द्रजीत राई, राजु श्रेष्ठ, भारतका नरेश खत्री, चन्द्रभूषण, दिलीप महत्री, प्रवीनकुमार नायक जस्ता ख्याति प्राप्त खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा झण्डै ८३ जना खेलाडीको सहभागिता रहने संघले बताएको छ ।

२४ भाद्र २०७४, शनिबार १२:०९मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *