जनता टाइम्स

८ असार २०७६, आईतवार १९:३९

धनाढ्य २१ वर्षिय डायना ठग्दै गर्दा पक्राउ


काठमाडौं ।

धनाढ्य एक्ली बाउको छोरी । त्यो पनि सारा सम्पत्ति उनकै नाममा । यत्ति भनेपछि को उनको पछि लाग्दैन् । तर, उनकै पछि लाग्ने आज आपतमा परेका छन् ।

आफूलाई धनाढ्य परिवारकी एक्ली छोरी बताएर लाखौँ रुपैयाँ ठगी गर्ने उनको धन्दा रहेको छ । उनि हुन्, महोत्तरीकी २१ वर्षीया डायना सकेन्ड । भारतको महाराष्ट्रस्थित फलबर रेलननगर निवासी ३८ वर्षीय श्रीपाल जैनबाट २३ लाख रुपैयाँ ठगी गरेर फरार भएकी महोत्तरीको औरी नगरपालिका–३ निवासी २१ वर्षीया डायन सेकेन्ड प्रहरीको फन्दामा परेकी हुन्। उनले जैनलाई फेसबुकमा डायना रोज नामको फेसबुक आइडीबाट साथी बनाएर ठगी गर्न सफल भएकी हुन्।

डायनाले त्यसक्रममा जैनसँग कुरा गर्दै आफूलाई धनाढ्य बाबुकी एक्लो छोरी बताएकी थिइन्। उनले आफू एक्लो छोरी भएकाले धनी बाउको सबै सम्पत्ति मिलाइदिने भन्दै जैनलाई ठगी गरेको खुलेको छ । डायनाले जैनलाई नेपाल बोलाएकी थिइन्। नेपाल आएका जैन यही असार ६ गते भारत फर्किने क्रममा त्रिभुवन विमानस्थलमा भन्सारमा आफ्नो नाममा महँगो मूल्यको सामान आएकाले भन्सार तिर्न ठुलो रकम चाहिने ब‍ताएकी थिइन्। जैन भारत फर्किन लाग्दा उनले भन्सारबाट सामान छुटाउन आफूलाई ठुलो रकम चाहिने भन्दै उनले २३ लाख रुपैयाँ लिन सफल भएर भागेकी थिइन्।

त्यसपछि श्रीपालले महानगरीय प्रहरी अपराध महाशाखामा जाहेरी दिए। श्रीपालको उजुरीका आधारमा डायना सेकेन्डलाई महाशाखाको टोलीले त्यही दिन साँझ नरेफाँबाट उनलाई पक्राउ गरेको छ। पक्राउ परेकी डायनाको कोठाबाट प्रहरीले २० लाख ८० हजार बरामद गरेको छ । कोठाबाट डायना सेकेन्डको नामको राहदानी, भौचर ४ वटा, १० थान कार्ड पनि बरामद गरेको महाशाखाका प्रवक्ता एसपी केदार ढकालले जानकारी दिनुभयो । पक्राउ परेकी डायना सेकेन्डलाई ठगीसम्बन्धी कसुरमा मुद्दा चलाउन महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।