Untitled Document

एनआरएनए यूके अध्यक्षमा फगामी बिजयी : उपाध्यक्षमा सुशिला राईसहित ६ निर्वाचित (उम्मेदवारले प्राप्त गरेको मतसहित)

लन्डन, भदौ २५

गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को अध्यक्षमा योगुकमार फगामी निर्वाचित हुनुभएको छ । फगामी १ हजार २ सय ९८ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्धन्द्धी कृष्ण तिमल्सेनाले ९ सय १२ र हिराधन राईले ५ सय ६० मत प्राप्त गर्नुभएको छ । यसैगरी उपाध्यक्षमा सुशिला राई, डा. प्रेमबहादुर आले, प्रेम गाहा मगर, पुनम गुरुङ, ललितकुमार न्यौपाने र शेरबहादुर सुनार निर्वाचित हुनुभएको छ । महासचिवमा राजकुमार त्रिपाठी १०४० मत प्राप्त गरी विजयी हुनुभयो भने उपमहासचिवमा विनय अधिकारी, सचिवमा तारानाथ भण्डारी, नारायण पौडेल ‘गाउंले’ र सुरज मास्के, कोषाध्यक्षमा सचिन श्रेष्ठ, सहकोषाध्यक्षमा गजेन्द्र गुरुङ निर्वाचित हुनुभएको छ ।

यसैगरी युवा संयोजकमा लालबहादुर गुरुङ (एलबीजेड) र कुमार थापा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । यस्तै
सदस्यहरुमा अर्कराज तिम्सिना, गंगाबहादुर राना, जीतबहादुर रानाभाट, डेबिन्द्र थापा, पवन शर्मा, पवन राई, विमला लिम्बु, मनिष खड्का, मुकेश राना र होमनाथ पौडेल निर्वाचित हुनुभएको छ ।

आइसीसी सदस्यहरुमा कुमारी गुरुङ, जयप्रकाश गुरुङ र शान्ति थापा कुंवर निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
शनिबार लन्डनस्थित हयारो, प्लमस्टिड, अल्डरसट एवं लेस्टर गरि चार ठाउंमा राखिएका मतदान केन्द्रहरुमार्फत ७८.४ प्रतिशत मतदाताले मतदान गरेका थिए । निर्वाचन समितिका अनुसार, हयारो बुथमा ५२३ (७७ प्रतिशत), प्लमस्टिडमा ४८८ (७२ प्रतिशत), अल्डरसटमा १३८२ (८० प्रतिशत) र लेस्टरमा ४८९ (८० प्रतिशत) मत खसेको थियो । अल्डरसट बुथका लागि १७२६, लेस्टर ६०६, हयारो ६७३ र प्लमस्टिडमा ६७१ मतदाता थिए ।

कसले कति मत ल्याए ?

योगकुमार फगामी १२९८
कृष्णप्रसाद तिमल्सेना ९१२
हिराधन राई ५६०
उपाध्यक्ष
दयानिधी सापकोटा९५७
दीपककुमार श्रेष्ठ ८६२
डा। दिलिपकुमार यादव ३६५
डा. प्रेम बहादुर आले १२६८
प्रेम गाहा मगर १०४९
पुनम गुरुङ १६११
भोलानाथ खनाल ४३३
राष्ट्र राई ९८८
ललित कुमार न्यौपाने ११०८
शेर बहादुर सुनार १४३३
शुसिला राई १२०९
महासचिव
खुशी लिम्बु ६८२
फडिन्द्र भट्टराई ८२७
राज कुमार त्रिपाठी १०४०
उपमहासचिव
कृष्ण तिवारी १०२२
विनय अधिकारी १०५९
सचिव –
तारानाथ भण्डारी १४५१
नारायण पौडेल ‘गाउँले’ १३६६
सुरज मास्के ११८८
सुनिल बाबु खड्का ९८८
कोषाध्यक्ष –
महेश गिरी ६७०
शालिकराम सापकोटा ६०८
सचिन श्रेष्ठ ७७९
सहकोषाध्यक्ष
गजेन्द्र गुरुङ १२६५
सुरज पौडेल ८०१
युवा संयोजक
कुमार थापा ९८७
विरेन्द्र श्रेष्ठ६२५
राजन खकुरेल८९६
लाल बहादुर गुरुङ १३०५
सदस्यहरु
अर्कराज तिमल्सिना ११८३
कमल कँडेल ७६४
कुलेश्वर ९कृष्ण० ढकाल ८७०
गंगा बहादुर राना ११७८
डेबिन्द्र थापा १०९९
तिलकराज भट्टराई ७१३
पवन शर्मा ९९०
पवन राई १०२४
पर्शुराम पाण्डे ४१५
बिमला लिम्बु ११२४
बिष्णु प्रसाद खरेल ५६७
मनिष खड्का ८१२
मुकेश राना १०५०
होमनाथ पौडेल ९९८
आइसीसी सदस्य
अर्जुन कटुवाल ७३६
कुमारी गुरुङ ११६१
जय प्रकाश गुरुङ १२४१
देवराज आचार्य (चिरन) ७६८
शान्ति थापा १८०७

 

 

२५ भाद्र २०७४, आईतवार १७:३८मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *