Untitled Document

एमाले सचिव भट्टराईले छाडे काठमाडौं : अव गृहजिल्ला ताप्लेजुङकै मतदाता

ताप्लेजुङ, भदौ २६ 

एमाले सचिव एवं प्रचार बिभाग प्रमुख योगेश भट्टराईले आफ्नो मतदाता नामावली गृहजिल्ला ताप्लेजुङ सार्नुभएको छ । संबिधानसभा निर्वाचनमा दुई पटक काठमाडौं ६ बाट उम्मेदवार बनी सोही क्षेत्रका मतदाता रहनुभएका सचिव भट्टराईले अब आफ्नो गृह जिल्ला ताप्लेजुङमा सार्नुभएको हो ।

भट्टराईको यो निर्णयसँगै अव उहाँ गृहजिल्ला ताप्लेजुङबाटै चुनाव लडने हुनुभएको छ । उहाँलाई ताप्लेजुङबाटै चुनाव लडन यसअघि पनि दवाव परेको थियो । आज आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो मताधिकार जिल्लाबाटै प्रयोग गरौं भनेर नाम सारेको बताउनु भयो । उम्मेदवारीबारे सोधिएको प्रश्नमा भट्टराईले पार्टीले निर्णय गरे ताप्लेजुङबाटै चुनाव लडने प्रष्ट पार्नुभयो ।

माले सचिव भट्टराईले निर्वाचन क्षेत्र निर्धारण आयोग सत्तारूढ दलको प्रभावमा परेको बताउनु भयो । यही कारण प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्र विभाजनप्रति विभिन्न जिल्लामा असन्तुष्टि देखापरेको उहाँको भनाई थियो ।

पहाडी जिल्लामा एक सिट बनाउने र तराईमा बढाउने सत्तारुढ पार्टीको दबाव र प्रभावले काम गरेको उहाँको भनाई थियो । एमालेको राम्रो प्रभाव भएको क्षेत्रमा थोरै र कम भएकोमा बढी क्षेत्र बनाउने खेल रचिएको उहाँको भनाई छ ।

२६ भाद्र २०७४, सोमबार ११:४५मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *