Untitled Document

भक्तपुरमा उपत्यकाब्यापी तेस्रो मिस्टर भ्याली शारीरिक सुगठन प्रतियोगिता हुने

भक्तपुर, भदौ २६ । भक्तपुरमा आगामी भदौ ३० र ३१ गते उपत्यकाब्यापी तेस्रो मिस्टर भ्याली २०७४ शारीरिक सुगठन एवं प्रथम मिस्टर फिट्नेस फिजिक्स् प्रतियोगिता हुने भएको छ । भक्तपुर शारीरिक सुगठन फिट्नेस संघको आयोजनामा प्रतियोगिता हुने भएको हो । कार्यक्रम संयोजक श्याम प्रजापतिका अनुसार प्रतियोगितामा जम्मा ६ वटा वजन समुह अन्तर्गत खेलाइनेछ । जसमा ५५, ६०, ६५, ७०, ७५ तथा सोभन्दा माथि समुहबीच प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगितामा उपत्यकाभित्रका क्लव÷संघ संस्थाबाट एउटा वजन समुहमा बढीमा २ जना खेलाडीहरु गरी जम्मा १२ जना खेलाडीहरु र १ जना टीम मेनेजरले प्रतियोगितामा भाग लिन तथा टीमको प्रतिनिधित्व गर्न पाउनेछ । त्यस्तै गरी प्रथम मिस्टर फिट्नेस फिजिक्स् खुल्ला उचाई अन्तर्गत प्रतिपस्र्धा गराइनेछ । प्रतियोगितामा उपत्यकाभित्रका तीन जिल्ला भित्रका विभिन्न क्लव, संघ संस्थाबाट करिब सय जना खेलाडीहरुले सहभागिता जनाउने अनुमान गरिएको छ । पहिलो दिन भदौ ३० गते शुक्रबार प्रि–जज्जिङ राउण्ट अन्तर्गत मिस्टर भ्याली प्रतियोगिताको अयोाजना गरिने कार्यक्रम संयोजक प्रजापतिले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रि–जजिङ राउन्डबाट प्रत्येक वजन समुहबाट जम्मा ५ जना खेलाडीहरु दोस्रो दिन अर्थात भदौ ३१ गते शनिबारको फाइनल राउण्डको लागि छनोट गरेर फाइनल खेलको प्रतिपस्र्धाबाट प्रत्येक वजन समुहका खेलाडीहरुमा प्रथम, द्धितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमश स्वर्ण, रजत तथा कास्य एवं प्रमाण–पत्रले सम्मानित गरिनेछ । तेस्रो शारीरिक सुगठनको बिधा अन्तर्गत प्रथम मिस्टर फिजिक्स तर्फ भदौ ३० गते प्रि–जिज्जिङ राउण्ड अन्तर्गत जम्मा १० जना खेलाडीहरु दोस्रो दिनको फाइनल राउण्डको लागि छनोट गरेर फाइनल खेलको प्रतिस्पर्धाबाट प्रथम, द्धितीय र तृतिय हुने खेलाडीलाई स्वर्ण रजत तथा कास्य पदक एवं प्रमाण–पत्रले सम्मानीत गरिने छ ।

चौथौ तथा पाँचौ हुने खेलाडीले ट्रफी तथा प्रमाणपत्र हासिल गर्न सक्ने र छैठौसम्मका खेलाडीलाई प्रमाण–पत्रले सुसज्ति गरिनेछ । मिस्टर म्याली प्रतियोगितको फाइनलमा प्रत्येक समुहको समुहगत बिजेता खेलाडीहरुबीच प्रतिपस्र्धा गराई ओभरअलमा प्रथम हुने खेलाडीलाई मिस्टर भ्यालीको उपाधिका साथै नगद ५० हजार पुरस्कार ट्रफी तथा ब्यानेटले सुसज्जित गरिनेछ भने दोस्रो देखि छैठौसम्मका बिजेतालाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितको अनुमानीत बजेट करिब ७ लाख ७५ हजारको रहेको भक्तपुर शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष बाबुकाजी मानन्धरले जानकारी दिनुभयो ।

२६ भाद्र २०७४, सोमबार १३:१०मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *