जनता टाइम्स

९ असार २०७६, सोमबार ११:०६

रौतहटमा लागु औषध गाँजा सहित २ जना पक्राउ


अखिलेश कुमार यादव
रौतहट,असार ९

रौतहटमा लागु पदार्थ गाँजा सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा जिल्ला बमनहरबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राजदेवी नगरपालिका ८ बस्ने रामा शङ्कर राय यादव र विहार शिवहर जिल्ला थाना पिप्राडीका ललन कुमार यादव छन् । उनीहरूले शङ्कास्पद सवारी साधन तथा पैदल यात्रुहरूलाई चेक जाँच गर्ने क्रममा चपुर बाट गौर तर्फ आउँदै गरेको म्याजिक गाडीमा सवार उनीहरू गाँजासहित पक्राउ परेका हुन ।

गाडीको डिक्कीमा लुकाई ल्याउँदै गरेको गाँजासहित पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरीका कार्यालयमा थप अनुसन्धानका लागी पेस गरिएको छ ।