जनता टाइम्स

९ असार २०७६, सोमबार १५:२८

हुलाकी राजमार्ग तिब्र रुपमा निमार्ण हुँदैः ८० पुल निमार्ण सम्पन्न, ८० अन्तिम चरणमा


काठमाडौं, असार ९

भौतिक पूर्वधार तथा यातयात मन्त्री रघुविर महासेठले राष्ट्रिय गौरवका आयोजनामा बोलपत्र बाँकिरहेका आयोजनामा तत्काल बोलपत्र आब्हान गरि २०७९÷८० सम्म सक्नेगरी योजना बनाइएको बताउनु भएको छ ।

संघिय संसदको प्रतिनिधी सभामा विनियोजित बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री महासेठले कुल लम्बाई १७९२ हुलाकी राजमार्गमा २५२ किलोमिटर शडक कालोपत्रे भैसकेको बताउनु भएको हो ।

उहाँले ९ सय किलोमिटर शडक हाल निमार्ण भैरहेको छ । ३ सय किलोमिटर शडकको बोलपत्र आब्हान भएको छ । बाँकी २४८ किलोमिटर खण्डको काम अगाडि बढेको बताउनु भयो ।

उहाँले‘कुल २१९ पुल आवश्यक पर्ने हुलाकी राजमार्गको लागि ८० ओटा पुल निमार्ण सम्पन्न भैसकेको छ । ८० ओटा नै पुल निमार्णको अन्तिम चरणमा छ । ६९ ओटा पुलहरु डिजाइनको अन्तिम फेजमा छ । यहि असोज भित्र सबै पुलको बोलपत्र आब्हान गर्ने योजना रहेको छ ।’ जानकारी दिनुभयो ।

आर्थिक वर्ष ७८÷७९ सम्म हुलाकि शडकको निमार्णकार्य सक्ने गरी अघि बढेको बताउनु भयो ।