Untitled Document

यसकारण परिवर्तन हुनुपर्छ नेपालको शिक्षा प्रणाली

विद्यालय र विश्व विद्यालय राजनीति गर्ने थलोमा परिणत हुनु, देशमा राजनीतिक अस्थिरता कायम रहनु जस्ता कारणले पनि नेपालको शैक्षिक अवस्था वेवारिसे जस्तै बन्न पुगेको देखिन्छ । यति मात्र नभई राजनीतिक दलका नेताहरुमा योग्य जनशक्ति उल्पादन गर्नुभन्दा पनि अयोग्य तर आफ्ना पिच्छलग्गु कार्यकर्ता चाहिने रोगले मुलुकको समग्र क्षेत्रमा नै अत्यन्त नकारात्मक प्रभाव परिरहेको छ

अञ्जु कार्की

५१ औँ अन्तराष्ट्रिय साक्षरता दिवस तथा ३८ औँ राष्ट्रिय शिक्षा दिवस मनाउदै गर्दा सरकारले ‘संघीय नेपाल संमृृद्धिको आधार, गुणस्तरीय शिक्षा सबैको अधिकार’ भन्ने मुल नारा तय गरेको छ । कुनै पनि बालबालिकाले शिक्षा प्राप्त गर्न पाउनु उसको नैसर्गिक अधिकार भएता पनि गुणस्तरीय शिक्षाविना आधारभूत सामाजिक तथा राजनीतिक विकास सोच्न पनि सकिदैन । नेपाल भौगलिक तथा प्राकृतिक विविधताका कारण यहाँ वासोवास गर्ने मानिसहरू विभिन्न जाती, भाषा, धर्म, संस्कृति आदीको हिसावले पनि फरक पाईन्छ । उनीहरूको सिकाई, सिप पनि फरक फरक छन । शिक्षा हासिल गर्नु भनेकै जीवन उपयोगी कुरा (सिप) सिक्नु हो । औपचारिक शिक्षा शिक्षण संस्थामा गएर आर्जन गरिन्छ भने अनौपचारिक शिक्षा घर, परिवार र समाजबाट हाँसिल गरिन्छ ।

नेपालमा शिक्षा आर्जन गर्न यी दुई उर्पयुक्त माध्यम सशक्त देखिन्छ । सही शिक्षाको अभावमा सिंगो समाज र राष्ट्रलाई नकारात्मक प्रभाव पारेको देखिन्छ । नेपालको वर्तमान शिक्षा पद्धति व्यापारमुखि अर्थात विद्यालय जानु, परीक्षामा राम्रो परिणाम ल्याउनु र यथेष्ठ सम्पति कमाउनुलाई लिने गरिन्छ । दक्ष जनशक्ति उत्पादन गर्नु भन्दा बेरोजगार जनशक्ति उत्पादन गर्नेमा केन्द्रित देखिन्छ । त्यसैले शिक्षाका सन्दर्भमा भएका यस्ता दृष्टिकोण दुर्भाग्यपूर्ण हुँदैछन ।

सिकाईको पहिलो माध्यम कुनै पनि मानिसको लागि उसको घर, परिवार र समाजबाट प्राप्त शिक्षाले नै उसको व्यक्तित्व विकासमा सहयोग गर्दछ । तर यस्ता शिक्षा प्रदान गर्ने माध्यम आफै विभिन्न विकृति, विसंगति र अन्धविश्वास, अनावश्यक प्रथा, परम्परा, मूल्य मान्यता र संस्कार अवल्म्बन गरेर फस्दै गएको कारणले राम्रो शिक्षाको अपेक्षा गर्नु व्यर्थ हुँदै गएको छ । विज्ञान प्रविधिले उच्चतम विकास गरेको वर्तमान दुनियाँमा मानिसको शारीरिक र मानसिक विकासका लागि सन्तुलन कायम गर्नु आवश्यक छ । नेपालको शिक्षा प्रणालीले यस्ता विषयलाई आत्मसाथ गर्न सकेको देखिदैन ।

समावेशीकरण शिक्षा आज सर्वाधिक चर्चा एवं छलफलको विषय हुने गरेको छ । शिक्षाको मूल प्रवाहवाट किनारामा पारिएका वर्गलाई शिक्षाको मूलधारमा प्रवेश गराउने र विकासको प्रक्रियामा सरिक गराउने नै समावेशीकरण शिक्षा हो भन्दा अन्यथा नहोला । नेपालको सन्दर्भमा जनसंख्याको आधा हिस्सा आगेटेका महिला, दलित, मधेशी, आदीवासी तथा जनजाति, पिछिडिएको क्षेत्रका जनताले आफुहरू राज्यबाट उपेक्षित भएको महसुस गरिरहेको अवस्था विद्यमान छ । यी सवै वर्गलाई अनुसाशित र गुणस्तरीय शिक्षा र विकासको मार्गमा सरिक गराउन सकिएमा मात्र उनीहरूको व्यक्तिगत, सामुहिक तथा राष्ट्रिय उतपादकत्वमा वृद्धि आई राष्ट्रिय विकासमा टेवा पुग्न जानेमा दुईमत छैन ।

शिक्षालाई मानव अधिकार एवं आधारमूत अधिकारका रुपमा व्याख्यामा मात्र सिमिति राखिएको छ । स्रोत एवं प्रतिवद्धताको अभावमा शिक्षालाई सुलभ एवं पहुँचयोग्य बनाउन नसकेको अवस्था छ । हुनत नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिवद्धताअनुरुप सवैका लागि शिक्षा (एजुकेशन फर अल) का अवसर सुनिश्चता गराउन औपचारिक शिक्षाको साथै सो अवसरबाट वञ्चित महिला तथा वालवालिका र प्रौढहरूका लागि साक्षरता तथा वैकल्पिक शैक्षिक कार्याक्रमहरू समेत सञ्चालनमा रहेका छन । अनौपचारिक शिक्षातर्फ सञ्चालन भएको साक्षर नेपाल अभियान कार्यान्वयनको फलस्वरुप हालसम्म ठुलो संख्यामा गाउँपालिका र नगरपालिकाका साथै ३८ जिल्ला साक्षर घोषणा भईसकेका छन भने अन्य जिल्लाहरू घोषणाको तयारीमा छन ।

हाम्रा धेरै जसो महिलाहरू घरयासी कामकाज र भाईवहिनीहरूको स्याहार सुसार मै समय विताउने र महिनावारी हुन्दा विद्यालय जान नहुने जस्ता रुढीवाढी मान्यता र सानै उमेरमा विवाह गरिदिने वालिकाहरूलाई शिक्षित बनाई बढी पढाए दाईजो धेरै दिनुपर्छ भन्ने सामाजिक कुसंस्कारका कारणले पनि वालिकाहरू विद्यालय शिक्षाबाट बञ्चित छन । कतिपय अभिभावकहरू पनि यस्तै सोचमा रहेका छन

साक्षर नेपालको अभियानमा सहभागी भएर आधारभूत साक्षरता सीप हाँसिल गरेका नवसाक्षरहरूको सिकाई आवश्यकतालाई निरन्तरता दिनका लागि सो भन्दा उच्च तहको अनौपचारिक शिक्षाको अवसर प्रदान गर्नुपर्छ । तसर्थ नव साक्षरहरूलाई आधुनिक ज्ञान, सिप र सूचना प्रविधिको प्रयोग गर्न सक्ने क्षमता विकास गर्नु जीवनोपयोगी सीपको माध्यमबाट आर्थिक क्रियाकलापमा सहभागिता वढाएर गरिवी न्यूनिकरणमा सहयोग पुर्याई नवसाक्षर समुहको जीवनस्तर सुधार गर्न र सामुदायिक विकासमा सहयोग गर्ने उद्देश्यले आय आर्जनका कार्यक्रमहरू पनि सञ्चालन भईरहेका छन ।

ग्रामिण भेगका धेरैजसो महिलाहरूका हकमा अझै कठिन छ । हाम्रा धेरै जसो महिलाहरू घरयासी कामकाज र भाईवहिनीहरूको स्याहार सुसार मै समय विताउने र महिनावारी हुन्दा विद्यालय जान नहुने जस्ता रुढीवाढी मान्यता र सानै उमेरमा विवाह गरिदिने वालिकाहरूलाई शिक्षित बनाई बढी पढाए दाईजो धेरै दिनुपर्छ भन्ने सामाजिक कुसंस्कारका कारणले पनि वालिकाहरू विद्यालय शिक्षाबाट बञ्चित छन । कतिपय अभिभावकहरू पनि यस्तै सोचमा रहेका छन ।

अर्कातिर हाम्रो समाजमा गरिव, अल्पसंख्यक, दलित, मधेसी, आदीवासी, जनजाती र अपांगता जस्ता वालवालिकाहरू लैगिंक भेदभावको शिकारमा परेका छन । त्यसैले शैक्षिक क्षेत्रको आमुल परिर्वतका खातिर राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुसार केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरी त्यसलाई अनुमगन मूल्यांकन र निरीक्षणको आवश्यकता छ ।

पुरुषका तुलनामा महिला साक्षरता अत्यन्तै नाजुक रहेको वर्तमान सन्दर्भमा राज्यले विद्यमान पाठ्यक्रम तथा पठनपाठन पद्धतिलाई सम्बोधन गर्दै गुणस्तरीय शिक्षा बनाउने, शिक्षालाई अधिकार सुनिश्चित गर्ने, अधिकारमुखी शिक्षा वहाली गर्ने र समग्र शिक्षा क्षेत्रलाई द्वन्द्ध, हिंसा र राजनीतिबाट मुक्त गर्दै वैज्ञानिक तथा सीपमूलक शिक्षा प्रणालीको विकास गर्नु जरुरी छ ।

विद्यालय र विश्व विद्यालय राजनीति गर्ने थलोमा परिणत हुनु, देशमा राजनीतिक अस्थिरता कायम रहनु जस्ता कारणले पनि शैक्षिक अवस्था वेवारिसे बन्न पुगेको देखिन्छ । यति मात्र नभई राजनीतिक दलहरुमा योग्य भन्दा अयोग्य तर आफ्ना पिच्छलग्गु कार्यकर्ता निर्माणको अभियानले अत्यन्त नकारात्मक प्रभाव परिरहेको छ

पुरुषका तुलनामा महिला साक्षरता अत्यन्तै नाजुक रहेको वर्तमान सन्दर्भमा राज्यले विद्यमान पाठ्यक्रम तथा पठनपाठन पद्धतिलाई सम्बोधन गर्दै गुणस्तरीय शिक्षा बनाउने, शिक्षालाई अधिकार सुनिश्चित गर्ने, अधिकारमुखी शिक्षा वहाली गर्ने र समग्र शिक्षा क्षेत्रलाई द्वन्द्ध, हिंसा र राजनीतिबाट मुक्त गर्दै वैज्ञानिक तथा सीपमूलक शिक्षा प्रणालीको विकास गर्नु जरुरी छ ।

छोराछोरीलाई शिक्षा दिने दायित्व मुख्य गरी अभिभावकको हुनाले छोरीलाई गुणस्तरीय शिक्षा दिई सचेत बनाउने सचेतना प्रत्येक बाबु आमामा पनि जाग्नु पर्ने देखिन्छ । छोरीको भ्रुण हत्या रोकौं, छोरीलाई शिक्षा दिऔं, दाईजो प्रथा रोकौँ, नेपाल अगाडि बढाऔं भन्ने मान्यता सवैले राख्न जरुरी छ ।

२८ भाद्र २०७४, बुधबार १४:५९मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *