Untitled Document

पर्सा काँग्रेस सभापति द्धिवेदीको कर्तुत छताछुल्ल : बीरगञ्जको उपमेयर हुँदा करोडौं भ्रष्टाचार गरेको खुलासा

कांग्रेसकै नेता कार्यकर्ता भन्छन, बीपीकै सपनामाथि बलत्कार गर्नेलाई कसरी बीरगञ्ज महानगरको साँचो दिन सकिएला र ? कांग्रेसको नाममा यस्ता भ्रष्टलाई भोट हाल्न सकिन्न भन्ने हाम्रो प्रष्टै कुरा छ, त्यसैअनुसार हामीले मतदातालाई पनि भनेका छौं

काठमाडौं, भदौ २८

प्रदेश नम्बर २ मा आगामी असोज महिनाको २ गते हुने स्थानीय तहको निर्वाचनको लागि बीरगंज महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेको नेपाली कांग्रेस पर्साका सभापति अजय द्धिवेदीले भ्रष्टाचार, अनियमितता र कमिशनका लागि कुनै कसर बाँकी नराख्ने गरेको तथ्य खुल्न थालेको छ ।

द्धिवेदी २०४९ सालमा बीरगंज नगरपालिकाको लागि उपमेयर बन्नुभएको थियो । त्यसबेला द्धिवेदीले निष्ठावान प्रजातान्त्रवादी मेयर स्वर्गीय माधवलाल श्रेष्ठलाई मान मर्दन गर्दै शान्तिको सास फेर्नसमेत दिएनन । ‘द्धिवेदीको अनियमितता र भ्रष्टाचारको कारण पुरै नगरपालिकालाई लथालिंग बनाएको तथ्य अहिले पनि बीरगंजबासीले बिर्सेका छैनन, बृक्षारोपणको लागि आफ्नै नाममा छुट्टयाएको २५ लाखको बिरुवा अहिले ७ ओटा मात्र बाँकी छन,’ कांग्रेस पर्साका एक नेता भन्छन ।

उहाँका अनुसार द्धिवेदीले त्यसबेला मच्चाइएको भ्रष्टाचारले नेपाली काँग्रेस नराम्रोसँग गन्हाएका थियो । त्यसकै कारण बारम्बार नेपाली काँग्रेसले आफ्नो आधार जिल्ला मानेको पर्सा जिल्लामा जनमत गुमाउँदै जान थालेको तथ्य गत निर्बाचनमा भएको मत परिणामले पुष्टि गरेको उनको भनाइ छ । जहिले पनि आफू मात्र उम्मेदवार बन्नुपर्छ भन्ने मनोरोगबाट ग्रसित द्धिबेदीले त्यतिबेला पनि नगरको बिकासको लागि कुनै पनि क्षेत्रमा बिकास निर्माण र योजनाबद्ध रुपमा काम नगरेको हुनाले बारम्बार धुवाँ धुलो, दुर्गन्ध र डुवानको मारमा बीरवगंजबासीह पर्ने गरेको भएपनि त्यसबाट छुटकारा दिने काम समेत अहिलेसम्म नेपाली कांग्रेसले गरेको छैन ।

 

स्थानीय र केन्द्रीय सरकारको नेतृत्व समेत बारम्बार नेकाले गरेको भएपनि उनले फगत संदिष्ध ब्यक्तिहरुसँग सम्बन्ध गाँस्न र चोरी, डकैति र अपराधका श्रृँखलाबद्ध वारदातका मतियारसँग सम्बन्ध गाँसेर मालामाल बनेको द्धिबेदीले फेरि पनि महानगको साँचो हातमा पारे भने नगर भ्रष्टाचारीहरुको उदगम स्थल बन्ने, अनियमितता मच्चाउने र बिकासका दुष्मनहरुको कब्जामा नगरपालिका जाने त्रासमा बीरगञ्जबासी रहेका छन ।

अजय द्धिबेदी उपप्रमुख हुँदा नगरपालिकाको मुख्यआन्तरिको आम्दानी स्रोत चुंगिकर १२ करोड भएपनि ६ करोडमा झारी बाँकी ६ करोड भागबण्डा मिलाएर खाएको कांग्रेस नेताहरु नै बताउन थालेका छन । यस्तै भ्रमण नै नगइ फर्जी कागज बनाएर लाखौं रकम अपचलन गर्नुभएको थियो द्धिवेदीले भन्छन उनकै सहकर्मीहरु ।

तात्कालिन नेपाल यातायात संँस्थानको जग्गा बीपी कोइरालाको स्मृतिमा हस्तान्तरण गर्न तत्कालिन नगर प्रमुख माधबलाल श्रेष्ठले कुनै कसर बाँकी राखेका थिएनन । तर त्यसमा पनि भाँजो हालेर प्रजातन्त्रवादी नेताको अन्तिम इच्छामाथि समेत कुठाराघात गरेको अभियोग द्धिवेदीमाथि लागेको छ । द्धिवेदीले बिपीको नाममा समेत कमिशन कुम्ल्याउन खोजेको बीरगञ्जबासीको भनाइ छ । ‘बीपीकै सपनामाथि बलत्कार गर्नेलाई कसरी बीरगञ्ज महानगरको साँचो दिन सकिएला र ? कांग्रेसको नाममा यस्ता भ्रष्टलाई भोट हाल्न सकिन्न भन्ने हाम्रो प्रष्टै कुरा छ, त्यसैअनुसार हामीले मतदातालाई पनि भनेका छौं,’ पर्सा कांग्रेस जिल्ला कार्यसमितिका ती सदस्य भन्छन ।

द्धिवेदीले बिपी उद्यानलाई समेत असफल पारेको तथ्य सबै काँग्रेसीजनले अहिले पनि नबिर्सेको उनको भनाइ छ । उता नगरलाई सुन्दर, सफा तथा हराभरायुक्त बनाउनु पर्छ भन्ने प्रस्ताव राख्दा संदिग्घ मतियारको कमिशनको गोलचक्करमा परेर नगरको सर्वार्गिण बिकासको बिपक्षमा बारम्बार प्रम कार्यालयमा डेलिगेशन गएका कुरालाई पनि सबैले सम्झन थालेका छन । आफू सभासद हुँदा समेत नपा र जिल्ला बिकास समितिका प्रमुखहरुलाई धम्क्याएर आर्थिक फाइदा लिनुका साथैद्धिवेदीले घरमा आवश्यक पर्ने दैनिक उपभोग्य सामाग्री, फर्निचर तथा अन्य घरयसी समान समेत मगाउने गरेको तथ्य खुलेको छ ।

महानगरका लेखापालले नै सो तथ्य खोलेका हुन । यदि कुनै हाकिमले दिन मानेन भने उसलाई २४ घन्टे पत्र कटाउने काम समेत गरेका कांग्रेस सभापति द्धिवेदीले गर्नुभएको थियो । त्यसको पीडा तत्कालीन बीरगंज महानगरपालिकाको कार्यकारी अधिकृत शिवदक्त भट्टराइले भोगेको बीरगञ्जबासी संझिरहेका छन । गत २०७० सालको संबिधान सभाको निर्बाचनमा पर्सा २ बाट तेस्रो नम्बरमा पुगेर पराजित बन्नुभएका द्धिबेदी एकातिर बाहिरबाट हेर्दा सिधा देखिए पनि लोभी लालची र आफूलाई मात्र सबै चिज चाहिने महत्वकाँक्षी नेताको रुपमा परिचित हुनुहुन्छ ।

बिकास निर्माण र दीर्घाकालीन योजना समेत दिन नसक्ने द्धिबेदीकै कारनामाका कारण कांग्रेसका पुराना र युवा मतदाता उनको बिपक्षमा उभिएका छन । उनीहरुले बिभिन्न वडाहरुमा द्धिवेदी हराउनका लागि बागी उम्मेदवार समेत बनाएका छन ।

२८ भाद्र २०७४, बुधबार १७:२०मा प्रकाशित

One response to “पर्सा काँग्रेस सभापति द्धिवेदीको कर्तुत छताछुल्ल : बीरगञ्जको उपमेयर हुँदा करोडौं भ्रष्टाचार गरेको खुलासा”

  1. If joЬ secuгity is excessive in your recorⅾ оf prioritiеs, this is another factor that isnt
    supplied by freelancing. Maɑny people һаve to be assureԀ of regular revenue, at a rate that thеy can rely on, aѕ a way to maintain their
    payjents and everydаy dwelling billos up to date.
    Freelancing iss not going to present thе job and
    revenue sеcurity tһat you would have from being on the staff
    of a legiѕlation firm.

Leave a Reply

Your email address will not be published. Required fields are marked *