Untitled Document

प्रमुख निर्वाचन आयुक्तको निरिहता : प्रधानमन्त्री कार्यकारी प्रमुख हो, आचार संहिता उलंघन गरेपनि उहाँलाई कारवाही गर्न मिल्दैन

निर्वाचनमा भोजभतेर गर्नेको उम्मेद्वारी नै रद्द गर्ने चेतावनी

काठमाडौं, २८ भदौ

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेश २ को निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेद्धवारहरुको उम्मेद्धवारी नै रद्द गर्ने चेतावनी दिनुभएको छ । बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेद्धवारहरुले भोजभतेर गरेर चुनावी प्रचार प्रसारमा तडकभडक गरेको प्रमाण फेला परे उम्मेद्धवारी नै रद्द गरिदिने चेतावनी दिनुभएको हो ।

चुनावमा उम्मेद्धवारहरुले व्यापक खर्च गरिरहेका छन् भन्ने कुरा आएको छ, तर अहिलेसम्म हामीले कुनै प्रमाण फेलापारेका छैनौं, यदि कसैले हामीलाई फोटोसहित प्रमाण दिनुहुन्छ भने हामी अन द स्पट कारबाही गर्छौं, उम्मेद्धवारहरुको उम्मेद्धवारी खारेजसम्म गरिदिन्छौं

सिरहामा कांग्रेस उम्मेदवारले दैनिक भोजभतेर गरेको र पैसा समेत बाँडेको भिडियो जनता टाइम्सले प्रकाशित गरेको थियो । सोही आधारमा यादवले त्यस्तो गर्नेको उम्मेदवारी रद्द गर्ने चेतावनी दिनुभएको हो । ‘चुनावमा उम्मेद्धवारहरुले व्यापक खर्च गरिरहेका छन् भन्ने कुरा आएको छ, तर अहिलेसम्म हामीले कुनै प्रमाण फेलापारेका छैनौं, यदि कसैले हामीलाई फोटोसहित प्रमाण दिनुहुन्छ भने हामी अन द स्पट कारबाही गर्छौं, उम्मेद्धवारहरुको उम्मेद्धवारी खारेजसम्म गरिदिन्छौं,’ यादवले भन्नुभयो ।

यद्यपी उहाँले मधेशमा अहिले सामाजिक–साँस्कृतिम पर्व चलिरहेकोले ती पर्वमा गरिने सामान्य भोज भतेरलाई भने अन्यथा लिन नहुने धाराणा राख्नुभयो । यादवले उम्मेद्धवारहरुले खर्च गरेको भए ती उम्मेद्धवारहरुलाई समेत पहिचान गरेर आयोगलाई दिन सञ्चारकर्मीसँग आग्रह पनि गर्नुभयो । ‘तर अहिले सम्पन्नतातिर लम्कँदैछ, सबै धनी हुनु त राम्रो हो, अब धनी भैसकेपछि प्रतिष्पर्धा हुनु स्वभाविक हो,’ यादवले भन्नुभयो ।

निर्वाचन आचार संहिता लागू भएको बेला सरकारले मन्त्रिमण्डल बिस्तारमा आयोगको पूर्णध्यानाकर्षण भएको भन्दै उहाँले आफूले प्रधानमन्त्रीलाई कारबाही गर्न नमिल्ने बताउनु भयो । ‘के गर्नु ? प्रधानमन्त्रीलाई कारबाही गर्नु भएन, प्रधानमन्त्री कार्यकारी प्रमुख हो, आचार संहिता उलंघन गरेपनि उहाँलाई कारवाही गर्न मिल्दैन, यस बारेमा हाम्रो ध्यानाकर्षण भएको छ, बस त्यती हो,’ यादवले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई कारवाही तथा जरिवाना गर्न मिल्दैन्, तर यसको मतलव यो होईन कि आयोग निरीह छ ।’

के गर्नु ? प्रधानमन्त्रीलाई कारबाही गर्नु भएन, प्रधानमन्त्री कार्यकारी प्रमुख हो, आचार संहिता उलंघन गरेपनि उहाँलाई कारवाही गर्न मिल्दैन, यस बारेमा हाम्रो ध्यानाकर्षण भएको छ, बस त्यती हो

आयोगको ध्यानाकर्षणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले हालै विराटनगर विमानस्थलमा जवाफ पनि दिएको उहाँको भनाइ छ ।
‘प्रधानमन्त्रीले भन्नुभएको छ कि अहिले संक्रमणकालिन अवस्था भएकोले मन्त्रिमण्डल विस्तार गर्नु बाध्यता हो, उहाँले नै त्यसो भनिसकेपछि आयोग अब बढि विवाद गर्न चाहँदैन,’ प्रमुख आयुक्त यादवको भनाई थियो ।

यस्तै उनले निर्वाचन आचार संहिता उल्लंघनबारे उपप्रधानमन्त्रीविजयकुमार गच्छदारसँग स्पष्टिकरण मागिएको जानकारी दिनुभयो । ‘राष्ट्रिय नेताहरुले स्पष्टिकरण दिनुभएको छ, उहाँहरुको जवाफमा आचार संहिताको पूर्ण पालना गर्छौं भनेर प्रतिबद्धता आएको छ,’ यादवले भन्नुभयो ।

यादवले आयोगले आचार संहिता छिटो नलगाएको समेत प्रष्ट पार्नुभयो । ‘हामीले निर्वाचन आउनु भन्दा ८६ दिन अघिमात्रै आचार संहिता लगाएका छौं, निर्वाचनको मिति घोषणा भएपनि आचार संहिता लगाउने अधिकार हाम्रो हो, संसदले पारित गरेको निर्वाचन र कानुनलाई सबैले पालना गर्नुपर्छ,’ उहाँको भनाई थियो ।

२८ भाद्र २०७४, बुधबार १७:४७मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *