Untitled Document

लाप्राक प्रोेजेक्ट सम्पन्न गर्नु एनआरएनएलाई ठूलो चुनौती छ : श्याम तामाङ, एनआरएनए बहराइनका संस्थापक

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापनाकालदेखि नै सक्रिय रहँदै आउनुभएको श्याम तामाङ अहिले पनि एनआरएनएमा उत्तिकै क्रियाशील हुनुहुन्छ । विदेशी प्रविधिलाई नेपालमा भित्राएर नेपालको आर्थिक विकास गर्नुपर्छ भन्ने भावना राख्ने तामाङ  एनआरएनए बहराइनको संरक्षकसमेत हुनुहुन्छ ।

गत २०७२ सालमा आएको महाविनाशकारी भूकम्पताका भूकम्पपीडितको लागि राहत, पुनःनिमार्णमा उहाँको महत्वपूर्ण योगदान रहँदै आएको छ । एनआरएनएले सञ्चालनमा ल्याएको लाप्राक प्रोजेक्टमा समेत उहाँले महत्वपूर्ण योगदान पु¥याउँँदै आउनुभएको छ । केही समयअघि नेपालमा आएको बाढीपहिरोका कारण पीडित बनेका विशेष गरि तराईको सत्तरी जिल्लामा गएर एनआरएनएले राहत वितरण तथा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

सो राहत वितरण कार्यमा संयोजक भएर उहाँ खटीनुभएको थियो । एनआरएनएले नेपाली जनतालाई पुरयाएको योगदान, राहत वितरण र लाप्राक प्रोजेक्टका विषयमा केन्द्रित रहेर तामाङसँग जनता टाईम्सका लागि किरण बुढाथोकीले गर्नुभएको कुराकानी प्रस्तुत छ :

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा के कस्तो कार्य गर्दै आएको छ ?

धन्यवाद । गैरआवासीय नेपाली संघले नेपालीको हरेक दुखमा साथ दिदै आएको छ । विगतदेखि नै नेपालको प्राकृतिक विपत्तिमा विश्वभरका एनआरएनए जुट्ने गर्नुभएको छ । जस्तो नेपालमा आएको महाविनाशकारी भूकम्पता होस वा नेपालमा नाकान्दी हुँदा होसा वा केही समयअघि आएको बाढीपहिरोमा होस जुनसुकै विपत्ति वा संकटमा पनि गैरआवासी नेपाली संघले महत्वपूर्ण भूमिका निर्वाह गदै आएको छ ।

एनआरएनएले तराईका बाढीपीडितको लागि सत्तरीमा राहत वितरण गरेको थियो । त्यहाँ कती बाढीपीडितलाई राहत वितरण गर्नुभयो ? 

हालसालै नेपालमा आएको बाढीपहिरोको कारण धेरै धनजनको क्षति हुन पुग्यो । हालसालै तराईमा आएको बाढी पहिरोमा परेका नेपालीहरुलाई संसारभरि बसेका दिदी बहिनी दाजुभाई सबैले आफनो गाँस काटेर भएपनि दुई चार रुपैयाँ बचत गरेर एक दुई डलर संकलन गरेर राहत संकलन गर्नुभयो । जसमा विभिन्न देशको एनआरएनए च्याप्टरबाट संकलीत करिब १ करोड रुपैयाँ र एनआरएनए अध्यक्ष शेष घले ज्यूले सहयोग गर्नुभएको रु १ करोड गरेर जम्मा २ करोड रुपैयाँको राहत वितरण गरयौ ।  हामीलाई सरकारले सत्तरी जिल्लामा राहत वितरण गर्ने अनुमति दिएकाले त्यहाँ करिब ५ हजार परिवारलाई राहत पुरयाउने तार्गेट राखेका थियौ । सरकारबाट अनुमती पाएपछि सत्तरीका करिव ४ हजार परिवारलाई प्रत्यक्ष वितरण गरयौ र चार पाँच सय प्याकेज प्रमुख जिल्ला अधिकारी सिडियोमार्फत वितरण गर्यौ ।

त्यहाँ गुरुङ संस्कृति भल्कने गरि घर बनाउँदा दुई तले बनाउनुपरयो । भूकम्पप्रतिरोधी घर र दुई तले त्यो पनि नमुना बनाउनुपर्दा अनुमानीतभन्दा कस्ट बढी पर्न गयो । अहिले प्रति घर वरावर १३÷१४ लाख पुगेको छ ।  अहिले बाटो, ठाँउको कारण त्यसको कस्ट हाई हुन पुग्यो ।

सत्तरीमा पुग्दा त्यहाँका बाढीपीडितको अवस्था कस्तो पाउनुभयो ?

त्यहाँ पुग्दा निकै गर्मी थियो । हामीलाई नेपाल सरकारले जुन तथ्यांक उपलब्ध गराएको थियो, त्यसैलाई आधार बनाएर राहत वितरण गरेपनि सरकारको तथ्यांक वास्तावीक तथ्यांक भएको देखिएन । सरकारले एकद्धार प्रणाली लागू गरेकाले हामीले सत्तरीमा राहत विरतण गरेका हौ । हामीलाई तोकिएको ठाउँ निकै अप्ठ्यारो र यातायातको समस्या थियो । सरकारले निकालेको आंशिक र पूर्ण पीडितको तथ्यांक वास्तावीक नहुँदा तोकिएको ठाउँमा राहत वितरण गर्न निकै समस्या उत्पन्न भएको थियो ।

त्यहाँको दृश्य हेर्दा निकै हत्तास लागेपनि संसारभरिका साथीहरुले संकलन गरेको राहत वितरण गर्न पाउँदा खुसी पनि महसुस भएको थियो । हामीलाई निकै रिस्की भएको थियो । राहत वितरण अलवा स्वास्थ्य शिविर पनि सञ्चालन गरेका थियौ । त्यहाँका करिब १ हजार ६ सय परिवार स्वास्थ्य शिविरबाट लाभान्वित हुनुभएको यहाँलाई जानकारी गराउन चाहान्छु ।

एनआरएनएले बाढीपीडितको लागि राहत वितरण गरेसँगै भूकम्पपीडितको पुनः निर्माणमा पनि जुटिरहेको छ । जस्तो लाप्राक पोजेक्ट सञ्चालन गरिरहेको छ । अहिले लाप्राक पोजेक्ट कहाँ पुग्यो ?  

भूकम्पपछि एनआरएनएले हजार घर बनाउने प्रतिबद्धता सेन्टीमेन्टमा गरेको हो कि जस्तो लाग्न थालेको छ । किनकी कस्तो ठाउँमा हो त त्यस्तो घर भन्ने विषयमा त्यत्ती खेर छलफल गरिएन् । त्यो बेला सरकारले हामीलाई नमुना ठाउँमा नमुना बजेट बनाउने प्रस्ताव गरयो ।  त्यो बेला हाम्रो बजेटसँग मेल खाएकाले हामीले फिजिबिलिटी हेरेनौ । सुगम ठाउँमा एक हजार घर बनाउनु र त्यो ठाउँमा १ सय घर बनाउनु वरावर हो जस्तो लाग्छ ।

त्यो ठाउँमा ढुंगाको कमी छ । बाटो निकै साँघुरो छ । त्यहाँका बासिन्दा बानी परेकाले बस्न सके पनि बाहिरका मानिस लामो समय बास बस्न सक्दैन् । त्यहाँ आगो बालेर बाहेक कोही बस्न सक्दैन् । त्यो ठाउँलाई हेर्दा भगवानले पनि कस्तो ठाउँ बनाए जस्तो लाग्छ । गएको अक्टोरसम्म ५ सय ७३ घर सम्पन्न गर्ने टार्गेट राखेका थियौ । सरकारबाट गएको डिसेम्बरमा घर बनाउन अनुमती प्राप्त भएपनि मार्च अप्रिलमा भवन विभागबाट नक्सापास भएर आएकाले समयमा निर्माण सकाउन समस्या भइरहेको छ ।

लाप्राक पोजेक्ट सञ्चालमा मुख्य त मोटर बाटो नै हो । त्यसपछि त्यहाँ बस्नको समस्या छ । त्यहाँ विश्वभरबाट आउने भोलेन्टर जो हुनुहुन्छ उहाँहरु केहि पनि दुई दिन पनि बस्न सक्नुहुन्न् । त्यहाँको मौसम बर्खामा समेत आगो बालेर बस्नुपर्छ । 

लाप्राक पोजेक्ट सञ्चालमा के कस्ता समस्या देखिएका छन् ?

मुख्य त मोटर बाटो नै हो । त्यसपछि त्यहाँ बस्नको समस्या छ । त्यहाँ विश्वभरबाट आउने भोलेन्टर जो हुनुहुन्छ उहाँहरु केहि पनि दुई दिन पनि बस्न सक्नुहुन्न् । त्यहाँको मौसम बर्खामा समेत आगो बालेर बस्नुपर्छ । साथै स्थानीयबासीलाई पनि भोलेन्टरमा काम गर्न समस्या देखिन्छ र बाहिरबाट लगिने दक्ष जनशक्तिलाई त्यहाँ बस्ने समस्याले लाप्राक प्रोजेक्ट समयमा सम्पन्न गर्नमा समस्या देखिएको हो ।

अहिलेसम्म लाप्राक प्रोजेक्टको प्रगति कस्तो छ ?

गएको अक्टोरसम्म ५ सय ७३ घर सम्पन्न गर्ने टार्गेट राखेपनि हामीले अहिलेसम्म ३ सय घरको फाउण्डेसनको काम पूरा सम्पन्न गरेर डिपीसी हालीसकेका छौ । १५÷२० वटा घरको फस्ट प्लोर सकेका छौ ।

लाप्राक प्राजेक्टमा लागत बढ्न गएको हो ?

त्यहाँ गुरुङ संस्कृति भल्कने गरि घर बनाउँदा दुई तले बनाउनुपरयो । भूकम्पप्रतिरोधी घर र दुई तले त्यो पनि नमुना बनाउनुपर्दा अनुमानीत भन्दा कस्ट बढी पर्न गयो । घरको माथिल्लो तलामा बाँस प्रयोगमा ल्याइएको र तल्लो तलामा इन्टोर लोकिङ ब्रिक्स प्रयोगमा ल्याइएकाले लागत बढ्न गएको हो । सिसिबी टिट्रमेन्ट गरेपछि बाँसको आयू ४० वर्षभन्दा बढी मानिदै आएको छ ।

विश्वको तथ्यांक हेर्दा भूँइचालो आउँदा भूकम्पपीय र सुरक्षाको हिसावले बाँस फलामभन्दा बलियो मानिन्छ । अमेरिकी सरकारलेसमेत भूकम्पप्रतिरोधी घरको लागि माथिल्लो तलामा बाँसको प्रयोगलाई प्राथमिकता दिने गरेको छ । अहिले प्रति घर वरावर १३÷१४ लाख पुगेको छ । अहिले बाटो, ठाँउको कारण त्यसको कस्ट हाई हुन पुग्यो । हामीले त्यो बेला एनआरएनले प्रोजेक्ट छनौट गरेका थिएनौ । अहिले हामीलाई लागिरहेको छ कि नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र रामेछापमा १ हजार घर वरावर त्यो ठाउँमा १ सय वरावरको लागत हुने रहेछ ।

अन्तमा के भन्न चाहानुहुन्छ ?

एनआरएनएले लाप्राकमा सञ्चालन ल्याएको प्राजेक्ट जस्तै धेरै राम्रा काम नेपालमा भएका छन् । त्यसैले विश्वभर रहनुभएका सम्पूर्ण एनआरएनहरुबाट नेपालको आर्थिक विकासमा सहयोग पुगिरहेकाले हामी निकै गौरवावित महसुस गरिरहेका छौ ।

हेर्नुहोस भिडियो 

https://www.facebook.com/jantatimes/videos/1969421313335508/

२८ भाद्र २०७४, बुधबार १८:२५मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *