Untitled Document

निर्वाचन आचारसंहिता तोडदै एकै पटक १९७ न्यायाधीशको सरुवा : सर्वाेच्चमा सिफारिश भए उच्च अदालतका तीन मुख्य न्यायाधीश (सरुवाको सूचीसहित)

काठमाडौं, भदौ २८

न्याय परिषदले एकैपटक १ सय ९७ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ । निर्वाचन आचार संहिता उलंघन गर्दै आज बसेको न्याय परिषद बैठकले न्यायाधीश सरुवा गरेको हो ।

संघीय संसद र प्रदेश सभा चुनावका लागि निर्वाचन आचार संहिता लागू भइसकेको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार न्यायाधीश सरुवाका लागि आयोगले सहमति दिएको छ । बैठकले भरतपुर महानगरपालिकामा मतपत्र च्यात्दा पिसाव फेर्न गएका न्यायाधीश कबीप्रसाद न्यौपानेलाई काठमाडौं सरुवा गरिएको छ । न्यौपानेलाई मतपत्र च्यात्न सघाए बापत पुरस्कृत गर्दै काठमाडौं ल्याइएको हो ।

न्याय परिषदले आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा खटाउन आयोगलाई दिएको ७७ न्यायाधीशको नाम पनि सार्वजनिक गरेको छ । मुख्य निर्वाचन अधिकृतका लागि १० जिल्ला न्यायाधीश जगेडामा राखिएको छ ।

न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम पनि सिफारिस गरेको छ । परिषद बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तानलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरेको हो ।

JudicialCouncil

२८ भाद्र २०७४, बुधबार २०:२८मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *