Untitled Document

एसीसी यू १९ इस्टर्न रिजनको समूह चरण : सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपाल बन्यो समुह बिजेता

पवन सरार्फ चम्किएपछि ६७ रनमा समेटियो सिंगापुर

काठमाडौं, भदौ २९

एसीसी यू १९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले पराजित गर्दै समुह बिजेता समुह बिजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ । यसअघि नै अन्तिम चारमा पुगिसकेको नेपाल लगातार तेस्रो जितसँगै समूह एको विजेता बन्न सफल भएको हो ।

सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १३दशमलव ४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । सन्दिप सुनारले २० रन बनाउन सफल भए भने अनिलकुमार साहले १८ रन बनाए भने आशिफ शेख ६ रनमा आउट भए । अमित महर्जन १० र सन्दिप जोरा ७ रनमा अविजित रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २८।३ ओभरमा ६७ रन बनाउँदा सबै विकेट गुमाएको थियो । उसका सिद्धान्तले २० रन बनाए भने रोहन रंगाराजनले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन ।

उसलाई सस्तैमा समेट्ने क्रममा पवन सर्राफले ६ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले ४ मेडन राख्दै मात्र १२ रन खर्चिएका थिए । किशोर महतोले २ तथा सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले १ १ विकेट लिएका थिए ।

२९ भाद्र २०७४, बिहीबार १३:११मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *