जनता टाइम्स

१० असार २०७६, मंगलवार १७:३९

एसईईको रिजल्ट प्रकाशन गर्ने तयारी, बुधबार बोलाइयो बोर्डको बैठक


काठमाडौं, असार १०

परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका गर्ने तयारी भईरहेको छ । नतिजाका लागि कार्यालयले बुधबारकालागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको छ । बोर्ड बैठक बसेकै दिन परिक्षाको नतिजा प्रकाशन गर्ने परम्परा रहेको छ ।

नतिजा प्रकाशनकालागि सम्पूर्ण तयारी सकिएको र पुनः परीक्षणको काम भइरहेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । बोर्डले निर्णय गरेपछि परीक्षाको नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रक अधिकारीले बताउनु भयो । उहाका अनुसार ढिलोमा विहीबारसम्ममा नतिजा प्रकाशन हुनेछ ।
यसवर्ष सातै प्रदेशबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । छात्रा दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र दुई लाख ३६ हजार चार सय छन् । यीमध्ये सामुदायिक विद्यालयबाट तीन लाख ४० हजार एक सय ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सहभागी छन् ।