जनता टाइम्स

११ असार २०७६, बुधबार २२:०६

मन्त्रिमण्डल पुर्नगठन गर्ने कुनै सोच छैन – प्रधानमन्त्री


काठमाडौं, असार ११

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिमण्डल पुर्नगठन गर्ने कुनै सोच नभएको बताउनु भएको छ । मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी भईरहेको भन्ने व्यापक हल्ला चलिरहेका बेला प्रधानमन्त्रीले यस्तो कुरा बताउनु भएको हो ।

जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उहाले पुर्नगठन गर्दा हुने हो तर अहिले त्यस्तो कुनै सोच नभएको बताउनु भयो । ‘मन्त्रीमण्डल भनेको पुर्नगठन गर्दा हुन सक्ने चिज हो । तर, अहिले पुर्नगठनसम्वन्धि कुनै सोच मैले बनाएको छैन ।’