जनता टाइम्स

१२ असार २०७६, बिहीबार १४:२९

यो सरकार पाँच बर्षकै लागि हो, नेतृत्व परिवर्तन हुँदैन


डा. राजन भट्टराई, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार

• के गणतन्त्र उल्टाउने तरखर तपाईहरुलाई आभास भइरहेको हो ?

नेपालमा हरेक पटक के भएको छ भने आन्दोलन सफल हुन्छ। आन्दोलनलाई संस्थागत गर्ने हामी प्रक्रियामा जान्छौं। संविधान बनाउँछौं, संविधानबाट त्यसलाई कार्यान्वयनमा लाने एउटा निश्चित अवधि लिन्छ त्यसले । त्यो अवधि लिन नपाउँदै यो व्यवस्था बेठिक भयो, यो व्यवस्थाले गर्न सकेन भनेर व्यवस्थाकै विरुद्धमा अफवाह फैलाउने र त्यसका आधारमा अस्थिरता उत्पन्न गरेर त्योव्यवस्थामाथि प्रश्नचिन्ह खडा गर्ने २००७ सालदेखि हामीले पटक पटक भोग्दै आएको अवस्था हो। यही कुराअरु मुलुकमा तपाईं तुलना गर्नुभयो भने व्यवस्था स्थापित हुन्छ। अनि त्यो राज्य संचालन गर्ने जो निकायमा पुग्छ, उसलाई निर्वाचनका माध्यमबाट पाँच वर्षसम्म दिइन्छ।

नहुदा पाँच वर्षपछि जनताले अर्को पार्टी, राजनीतिक पार्टी, शक्तिलाई छान्ने चलन छ। तर यहाँ केसुनिदैछ भनेर भन्दा यो बहुदलीय व्यवस्थानै खराब, गणतन्त्रनै खराब, धेरै ओटा छोटा राजा भए भन्ने नाममा यो अहिले हामीले ल्याइरहेको संविधानमाथि नै प्रश्न उठाउने विगतकै परम्परा दोयाउँन खोजिएको र सडकमा त्यस किसिमका कुराहरु सुनिन थालेको कुरालाई मैले इंकित गरेको हुँ।

• राजतन्त्रका पक्षपातीहरु पहिले पनि थिए, गणतन्त्रको विरुद्धमा उनीहरुले आवाज पहिलेबाट उठाउँदै आएकाछन्। अहिले जोखिम बढेर तपाईले भन्या ?

होइन, बढ्न पनि सक्छ नि। किनभने विगत त हामीले देखेका छौं। पाएकाअधिकारहरु खोसिएका छन हाम्रा, संविधानहरुलाई सस्पेन्स गरिएको छ पटक-पटक। इतिहासले पटक-पटक गरेर भोग्दै आएका कुरालाई अब गर्नुहुदैन भनेर हामीले सचेत हुनपर्छ भन्न खोजिएको हो।

• भनेको त्यो बढेको छ ? त्यसकारण सर्तकताको निम्ति तपाईले ध्यानकर्षण गराएको हो ?

बढ्न पनि सक्छ। त्यस्ता आवाज पनि सुनिन थालेका छन्। गलत आवाजहरु गलत निकायहरुबाट गलत तरिकाबाट आउनु हुदैन।

• तपाईले गलत तरिका र गलत निकायबाट आएको भन्नुभयो नि, त्यो कसलाई भन्नुभएको हो ?

संविधान भन्दा बाहिरबाट बोल्नेहरुलाई भनेको।

• कसले बोल्यो त्यस्तो ?

बोलिराखेका छन्त। अब कसले भनेर मैले यही भनेर किनभन्नु पर्यो र।

• सरकारलाई त्यस्तो लागिसकेको रहेछ भने त जनतालाई त भन्नु पर्यो …

त्यो तपाईले पनि देख्नुभएको छ, मैले पनि देखेकोछु। प्रतिबन्धित राजनीतिक दलहरुका गतिविधिहरु पनि त्यहाँ छन्। संविधान भन्दा बाहिर रहेर नाराहरु, भनाइहरु आइरहेका छन त।

• दुई ओटा कुरा भन्नुभयो तपाईंले एउटा त संविधानको मर्म भन्दा बाहिर रहेर कुरा गर्ने भनेर राप्रपालाई भन्न खोज्नु भएको होला तपाईंले ?

होइन,संविधान भन्दा बाहिरका एजेण्डाज –जसले बोकेका छन्, त्यसैलाई भनिन्छ।

• तपाईंले प्रतिबन्धित पनि भन्नुभयो पार्टीमा भनेको त्यो नेत्रविक्रम चन्दहरु पनि राजा फर्काउन खोज्या ?
होइन, नेत्र विक्रम चन्दहरु पनि त यो व्यवस्था उल्टाउने काममा त लागेका छन नि । यो संविधान असफल बनाउन लागेका छैनन ?

• भनेको त्यसले अन्ततगोत्वा राजतन्त्र फर्काउने शक्तिलाई नै सहयोग पुर्याउँछ भन्ने तपाईको बुझाइ ?

प्रतिगामी शक्तिलाई नै सहयोग पुर्याउँछ। यतिबेला हामीले जनताले पाएका अधिकारहरु लामो संघर्षबाट प्राप्त संस्थागत गरिएका विषयहरुलाई उल्ट्याउन खोज्दा त्यसको सहयोग अन्ततोगत्वा प्रतिगामी शक्तिलाई हुन्छ। जुन कुरा हामीले विगतमा भोगेका छौं।

• अनि तपाईले टिवट्मा क–कसलाई कसो गरि एक ठाउँमा ल्याउन सकिन्छ भने भित्र बाहिरका शक्तिहरु सक्रिय रहेको अवस्था पनि भन्नुभएको छ। कसले एक ठाउँमा कसरी ल्याउँन खोजिराखेको छ ?

तिनै शक्तिहरु यो संविधान, यो व्यवस्था चित्त बुझेको छैन्। हिजोका आन्दोलनबाट किनारा लागेका शक्तिहरु त्यसो गर्न सकिन्छ कि भनेर लागेको हामीले आभास पाएका छौं।

• अनि बाहिरका शक्ति भनेर कसलाई संकेत गर्नुभएको ?

बाहिरका शक्ति भनेर जो-जो त्यो ल्याउनु हुदैन भनेर लाग्ने शक्तिलाई नै इंगित गर्न खोजिएको हो।

• त्यस्ता छन मित्रराष्ट्रहरु पनि ?

होइन, त्यो त तपाईंले नाम लिनुभयो, होइन। मैले त भित्र बाहिरका शक्ति भनेर भनेको छु। मैले भनेका कुरा मात्रै बुझौं न।
• अलिकति जनताले पनि बुझ्नेगरि भन्दिनु पर्यो ?

मैले बुझ्ने गरिनै भनेको छु भन्ने त मैले हो नि। मैले जनतालाई जे कुरा सम्प्रेषण गर्न खोजेको छु त्यही कुरा नै सजिलो हुन्छ।

• यो कस्तो बेला आयो भने राजपा र समाजवादी पार्टी एउटा सरकारमा छ, एउटा विपक्षमा छ। ति दुईबीच एकीकरणका चर्चा चलिराखेको बेलामा…

तपाईको इन्टरप्रिटेशन हो। मैले लेखेको भाषाले त्यो कुरा दिदैन। मैले त्यहाँ प्रष्ट रुपमा भनेको छु, यो व्यवस्था उल्टाउन खोज्ने शक्तिहरु। यो संविधानलाई उल्टाउन खोज्नेहरु जसलाई यो हिजो ल्याएको चित्त बुझेको छैन भन्ने शक्तिलाई इंगित गर्न खोजिएको भन्ने बुझ्नु पर्यो।

• इतिहास दोहोर्याउँने कुचेष्टा भनेर छुट्टै वाक्य पनि राख्नुभएको छ। त्यो भनेको विगतमा प्रचण्डले केपी ओलीको सरकार ढालेर सरकार बनाएका थिए। कतै त्यसतर्फ संकेत गरेको हो कि ?

यो चाँहि तपाईंको अनौठो लाग्छ। तपाईंको आफ्नो खालको व्याख्या गर्ने होइन। मैले श्रृखंलावद्ध रुपमा भनेको छु, सुरुमा मैले जे भनेको छु, त्यसैको निरन्तरताको रुपमा इतिहास मैले अघि नै भने २००७ सालमा हामीले आन्दोलन गर्यौं, ०४६ सालमा आन्दोलन गर्यौं।पटक-पटक हाम्रा आन्दोलनहरु खोसिए। पटक-पटक हामीले संविधान ५/६ ओटा बनाउनु पर्यो यो मुलुकमा। त्यस कुरातर्फ इंगित गरेर मैले भनेको हुँ। त्यसतर्फ जानुहुदैन भन्ने हो मेरो भनाइ।

• सन्दर्भ कस्तो पर्यो भने अहिले प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच मतभेदका खबरहरु आइराखेको बेलामा तपाईं यो ट्वीट गरेको हुनाले….. .?

तपाईंले जोड्न चाहनु भयो। त्यसको लागि अब तपाईंलाई म के भनौं ? धन्यवाद नै दिउ। किनभने तपाईंले नभएको कुरा जोडि दिनुभयो ।

• भनेको तपाईंसँग स्पष्ट हुन खोजेको कारण के भने विभिन्न किसिमले विभिन्न अर्थ लगाउन सकिने अवस्था देखियो। तर तपाईंले त्यो कुरा अस्वीकार गर्नुभयो ?

त्यस्तो अर्थ लाग्दैन नि।

• तपाईंले बढ्दो जनअपेक्षा सरकारको कमजोर डेलिभरी प्रणाली यसबाट उत्पन्न जनअसन्तुष्टिलाई प्रयोग गर्न खोजेको भन्नुभएको छ होइन ? यसले चाहिं सरकारको कमजोरी छ भन्ने तपाईले स्वीकार्नु हुन्छ ?

जनताको अपेक्षा बढ्दो छ। त्यो बढ्दो जनअपेक्षा पुरा गर्नका लागि सरकारले जुन किसिमको सर्भिस डेलिभरी गर्नुपर्ने हो। उसमा कमजोरी छ भन्न खोजेको हो मैले।

• हो त्यो कमजोरी स्वीकारेपछि सरकार आफै हाँकिराख्नु भएको छ। त्यो काम गर्दिने बित्तिकै त यतिधेरै चिन्ता सार्वजनिक नै गर्नुपर्ने थिएन नि त। त्यो आत्मविश्वास अलि कमजोर भएको हो की ?

हाम्रो जस्तो देशमा साधन स्रोत र जनताको आंकाक्षाको बीचमा खाडल पर्ने गर्छ। त्यो खाडलको व्यवस्थापन सरकारले गर्नुपर्छ। तर, त्यो गर्नका लागि निश्चित समय लाग्छ। त्यसतर्फ उन्मुख छ की छैन भनेर हेरिनु पर्छ। त्यो उन्मुख छ भने त्यो खाडल पुरिदै भन्नेतर्फ जाने कुरा सकारात्मक रुपमा लिनुपर्छ तर हामीकोमा के भयो भने त्यही अवस्था आउने जुन खालको जनअसन्तोष हो । त्यसलाई प्रयोग गरेर व्यवस्थाकै विरुद्धमा जाने विगतको प्रवृति दोहोरिन सक्नेतर्फको संम्भावना इंगित हो।

तिनै शक्तिहरु यो संविधान, यो व्यवस्था चित्त बुझेको छैन्। हिजोका आन्दोलनबाट किनारा लागेका शक्तिहरु त्यसो गर्न सकिन्छ कि भनेर लागेको हामीले आभास पाएका छौं

• जनताले त पाँच वर्षको लागि भनेर तपाईंहरुलाई…

त्यही पाँच वर्षकै निम्ति भनेर पठाएको हुनाले पाँच वर्षसम्म उसले काम गरेर दिने समय अवधि दिनुपर्छ भन्ने हो।

• तपाईकै पार्टी अध्यक्षले त सरकारको नेतृत्व आलोपालो गर्ने सहमती नै गरेका रहेछन्। भनेपछि त पाँच वर्ष त तपाईंले नपाउने अवस्था देखिहाल्यो नि ?

होइन, अब उहाँहरुले के गर्नुभएको छ। औपचारिक रुपमा हामीलाई भन्नुभएको छैन्। औपचारिक रुपमा नभनेपछि मैले त्यसमा बोल्न मिलेन हैन ? तर नेकपालाई सूर्य चिन्हमा मतदान दिएर पाँच वर्षका लागि निर्वाचित गरेको हो। पाँच वर्षसम्म पर्खने धैर्यता हरेक व्यवस्थामा हुन्छ, त्यो कुरामा लागिरहनु पर्छ। नभए ठिक छ जनतासँग विकल्प जहिले पनि छ।

• होइन तपाईंले सूर्य चिन्हलाई मात्र भन्नुभयो। सूर्य चिन्हलाई मात्र दिएको होइन नि त, माओवादी।

पछित सूर्य चिन्ह नै भएको छ अहिले। एकीकरणपछिको चिन्ह सूर्य नै रहेको छ।

• त्यसोभए नेतृत्व पनि परिवर्तन हुदैन ?

मैले बुझेसम्म यो पाँच वर्षकै लागि हाम्रै पार्टी अध्यक्षले नै बोलिराख्नु भएको छ। ठूला नेताहरुले बोलिराख्नु भएको छ।अहिले मैले जे …. छु, त्यही बोल्नुपर्यो नि।

(प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईसँग विविसी नेपाली सेवाको कार्यक्रम नेपाल सन्दर्भमा २०७६ असार ११ गते साँझ प्रशारित अन्तर्वार्ता)