Untitled Document

धुर्मुस-सुन्तलीको अर्को लोभलाग्दो काम : धुर्मुसको जन्मदिनमा सिल्यान्याश भयो रौतहटमा ‘एकीकृत नमुना सन्तपुर बस्ती’

जनताका कलाकार जनताकै सेवामा

रौतहट, असोज ४

हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो जन्मदिन पारेर रौतहटका बाढीपिडितहरुका लागि एकिकृत नमुना सन्तपुर बस्तीको शिलान्यास गर्नुभएको छ । चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुर गाउँका ४५ बाढीपिडितहरुका लागि धुर्मुस सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गतको ‘एकीकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास गरिएको हो ।

आज ९बुधबार० बिहान ९ बजे सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली)को साथमा बस्तीकै सवैभन्दा बृद्धा १ सय ७ बर्षिय रामकलिया देवी हजाराले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । फाउण्डेशनसका अध्यक्ष सितारामका अनुसार बस्ती आगामी माघ २४ गते बिहान ९ बजे हस्तान्तरण गरिनेछ ।

केही समय अघि गएको बाढीका कारण रौतहटका अधिकांश ठाउँ डुबानमा परेको र सन्तपुर गाउँ बाढीबाट पिडित र समुदायपनि पिछडिएको कारण यसैठाउँमा बस्ती निर्माण गर्न लागिएको धुर्मुसले जानकारी दिनुभयो । कार्यक्रममा सुन्तलीले धुर्मुसले आफ्नो हरेक जन्मदिनमा यसरी नै पुण्यको काम गर्दै अगाडि बढ्ने हौसला मिलोस भन्दै शुभकामना दिनुभयो । सो एकीकृत बस्ती निर्माणका लागि जम्मा ५ करोड ७५ लाख लागत लाग्ने कार्यक्रममा जानकारी गराइएको थियो ।

परियोजना अन्तर्गत आवासीय घर ४५ वटा, मन्दिर १ वटा, सामुदायिक भवन १ वटा, म्यु टावर १ वटा, सार्वजनिक धारा १ वटा, सार्वजनिक सौचालय १ वटा साथै कम्पाउण्ड सहितको भुकम्प तथा बाढी डुबानबाट सुरक्षित बस्ती निर्माण हुने यस परियोजना ब्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिनुभयो । यस सन्तपुर गाउँमा माझी, मुसहर, दुसाद, लोहार, हजाम जातीका मानिस बसोबास गर्दछन् ।

तस्वीरमा एकीकृत बस्ती सिल्यान्याश

 

४ आश्विन २०७४, बुधबार १२:४७मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *