जनता टाइम्स

१३ असार २०७६, शुक्रबार १२:३२

यिनै हुन उपत्यकामा युवतीमाथि सिरिञ्ज आक्रमण गर्दै आतंक मच्चाउने अभियुक्त


काठमाडौं, असार १३

युवतीहरुमाथि श्रृंखलावद्ध रुपमा ‘सिरिन्ज’ आक्रमण गर्ने रामेछापका सन्तोश कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । युवतीलाई एक्लै भेटन साथ सुई हानेर भाग्दै आएका कार्कीलाई महानगरीय अपराध महाशाखाले हिजो राती पक्राउ गरेको थियो ।

बिगत केही समयदेखि उपत्यकामा लगातार सिरिञ्ज आक्रमण बढेपछि सवै त्रासमा परेका थिए । आक्रणकारी पक्राउ नपर्दा पीडितहरु थप तनावमा परेपछि प्रहरीले बिशेष टोली खटाएर घटनाको अनुसन्धान अघि बढाएको थियो । आक्रमणमा संलग्न रहेको आशंकामा सोही टोलीले हिजो राती कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार अभियुक्त कार्कीले रमाइलोका लागि सुई आक्रमण गरेको बयान दिएका छन । उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् ।

प्रहरीका अनुसार कार्कीले आफ्नो बयानमा सिरिन्ज नभई सुरुमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बताएका छन । यस्तै आक्रमण गर्नुको कारण भने कुनै नियोजित योजना नभई आफ्नो ‘रमाइलो’का लागि सो काम गरेको बताएका छन । बिदेश बसेर नेपाल फर्केपछि उनी महाराजगञ्जमा होटल व्यवसाय गर्थे । राति १० बजे होटल बन्द गरेर मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा जान्थे । घर जाने क्रममा बाटोमा युवती वा महिला एक्लै भेटिए आक्रमण गरी भाग्ने गरेका थिए ।

प्रहरीले घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । यता सिरिञ्ज आक्रमणमा परेका युवतीको पीडा भने निकै पीडादायी छ । रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई बिभिन्न अस्पतालमा एआईभीविरुद्धको एआरटी औषधि चलाइएको थियो भने हेपाटाइटिसविरुद्धको भ्याक्सिन पनि दिइएको छ ।