जनता टाइम्स

१३ असार २०७६, शुक्रबार १४:२५

मिस इङ्ल्यान्डको फाइनलमा पुगिन बेलायत निवासी नेपाली चेली प्रतिष्ठा


लन्डन, असार १३

बेलायतको अन्डरसट निवासी नेपाली चेली प्रतिष्ठा ‘तृष’ राउत ‘मिस इङ्ल्यान्ड’को फाइनलमा पुगेकी छन । सेमिफाइनलबाट अन्तिम प्रतिस्पर्धाका लागि ४० मध्येबाट छनोट भएर राउत फाइनलमा पुगेकी हुन । फोटो हिट चरण पार गरेर उनी सेमिफाइनलमा पुगेकी थिइन ।

१७ वर्षको उमेरदेखि नै मोडलिङमा लागेकी प्रतिष्ठा मिस इङ्ल्यान्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी हुन ।मिस इङ्ल्यान्डमा भाग लिन २० हजारभन्दा बढीले आवेदन दिएका थिए । उनी सेमिफाइनलमा इको डे«स राउन्ड, लिटल ब्ल्याक ड्रेस राउन्डलगायतका तीन राउन्ड पार गर्दै फाइनलमा पुगेकी हुन । पब्लिक भोटले राउतलाई पब्लिसिटी क्विन उपाधि दिलाएको थियो ।

फाइनलमा पुगेकी नेपाली चेली राउतका बुवा बिट्रिस गोरखा हुन । प्रतिष्ठा हङकङमा जन्मेकी थिइन्। २५ वर्षीया प्रतिष्ठा आर्किटेक्ट डिजाइनमा रुचि राख्छिन । उनले पढेर सिक्नेभन्दा पनि आफूमा गरेर सिक्ने बानी भएको बताएकी छन । मिस इङ्ल्यान्डको फिनालेपछि उनले नेपाली समाजमा मेन्टल हेल्थको क्षेत्रमा काम गर्ने चाहना भएको जानकारी दिइन । मिस इङ्ल्यान्डको ग्रान्ड फिनाले आगामी जुलाई ३१ र अगस्ट १ मा हुनेछ ।