जनता टाइम्स

१३ असार २०७६, शुक्रबार १५:१७

झोला बोकेर एक्लै सरकारी निवासबाट बाहिरिए डेनमार्कका प्रधानमन्त्री


डेनमार्क, असार १३

डेनमार्कका प्रधानमन्त्री लार्स लोकी रास्मोशेनको आफ्नो ४ बर्षे कार्यकाल समाप्त भएसँगै सरकारी निवास छाडनु भएको छ । आफ्नो कार्यकालको ३ बर्ष ३ सय ६४ दिन पुगेपछि लार्सले प्रधानमन्त्री निवास छाडनुभएको हो ।

सरकारी निवास छाडनुअघि उहाँले आफु प्रधानमन्त्री हुनु निकै भाग्यको कुरा भएको बताउँदै ४ वर्षसम्मका सहयात्री र सहयोगीहरुलाई धन्यवाद दिनुभयो । कार्यकाल सकिएपछि निवास छाडनुभएका लार्स सरकारी निवासबाट एउटा सामान्य झोला मात्र बोकेर बाहिरिनु भएको छ ।

सामान्य रुपमा निवास छोडेर बाहिर निस्केको तस्विर उहाँले सामाजिक सञ्जाल फेसबुकमा समेत राख्नुभएको छ । जुन यतिबेला भाइरल बनेको छ । सामाजिक संजालमा राखिएको सो तस्वीर केही समयमै भाइरल बनेको हो । निकै सरल तरिका र सुरक्षाकर्मीको साथबिना नै प्रधानमन्त्री जस्तो व्यक्ति सामान्य ढंगले निवासबाट बाहिरिएको भन्दै चौतर्फी प्रसंशा भएको छ ।

डेनमार्कका लागि २५ औँ प्रधानमन्त्री लार्सको कार्यकाल सकिएपछि नयाँ प्रधानमन्त्रीको रुपमा मेट फ्रेडरिकसनले आफ्नो कार्यकाल सुरु गरिसक्नुभएको छ । उहाँ डेनमार्कको सोसल डेमोक्रेट्स पार्टीका तर्फबाट २६ औँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।