जनता टाइम्स

१३ असार २०७६, शुक्रबार १७:४०

शनिवार वृक्षारोपण दिवस, प्रधानमन्त्रीले उद्घाटन गर्दै


काठमाडौ, असार १३

सरकारले वृक्षारोपण दिवसका अवसर पारेर देशभरी वृक्षारोपण कार्यक्रम आयोजना गर्दैछ । राजनीतिक दलहरुले पनि वृक्षारोपण गर्दै यो दिवस मनाउदैछन् । वृक्षारोपण दिवसको अवसर पारेर राजधानीको कोटेश्वरदेखि कलंकीसम्मको सडक किनाराका दुवैतर्फ शनिबार वृक्षरोपण गरिने भएको छ।

आगामी आर्थिक वर्ष २०७६\०७७ लाई ‘वृक्षारोपण वर्ष’को रुपमा मनाउने सरकारको निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा वृक्षारोपण हुन लागेको हो। वृक्षारोपणको शनिबार बिहान ८ बजे प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रमबीच कोटेश्वरमा उद्घाटन गर्नुहुनेछ ।

त्यसक्रममा सभामुख कृष्णबादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु लगायतले पनि वृक्षरोपण गर्ने बताइएको छ ।

वृक्षारोपणका अवसरमा शनिबार चक्रपथको कोटेश्वरदेखि कलंकीसम्म ३ हजार बढी बिरुवा रोपिनेछन्। जसमा हालसम्म पत्ता लागेकामध्ये संसारकै सबैभन्दा पूरानो प्रजाति मानिएको चिनियाँ गिन्कोसहित असारे फूल, तेजपत्ता, कल्की, राजवृक्ष, कपुर, पावलेजस्ता बिरुवा छन्।