जनता टाइम्स

१५ असार २०७६, आईतवार १६:४८

प्रदेश सासंद उप्रेतीले गरे शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण


सर्लाही, असार १५

सर्लाही जिल्लाको हरिवन–८ मा रहेको महादेव जनता माध्यमिक विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण भएको छ । कार्यक्रममा नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला कमिटि सदस्य एवम् पूर्व युवा संघका नेता लालचन्द्र उप्रेतीले अब समाजबादको यात्रा तय गर्दै गर्दा हामीले चौतर्फि विकास गर्न आवश्यक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘खेलकुद राष्ट्रका लागि, स्वास्थ्यका लागि’ भन्ने मूल नाराका साथ वितरण गरिएको खेलकुद सामग्रीले नेपालको खेलकुद जगत्मा एउटा टेवा पुग्ने विश्वास लिएको छु ।’ खेलकुदले नै अहिले नेपालको पछिल्लो समय क्रिकेटमा जसरी उपलब्धि हासिल गर्यो यसले गर्दा खेलकुद क्षेत्रमा राम्रो भएको बताउनुभयो । उहाँले खेलकुद सामग्री वितरणका लागि मात्रै वितरण नगरिएको पनि बताउनुभयो ।

खेलकुद सामग्रीबाट नेपालको खेलकुदलाई टेवा पुगोस् र विकासका लागि सहयोग रहोस् भन्ने शुभकामना समेत दिनुभएको थियो । प्रदेशका विभिन्न ठाउँमा खेलकुद सामग्री वितरण भइरहेको छ । खेलकुद सामग्री हस्तान्तरण कार्यक्रमको उद्घाटन भने सर्लाही क्षेत्र नं. ३ क का प्रदेशसभा सदस्य डिल्लिप्रसाद उप्रेतीले गर्नुभएको थियो ।

उहाँकै क्षेत्र विकास कोषबाट आएको पैसाबाटै खेलकुद सामग्री वितरण गरिएको कार्यक्रम संयोजक एवम् अनेरास्ववियु अखिल क्रान्तिकारीका अध्यक्ष विवेक मैलानीले बताउनुभयो । आजै हरिवन स्थित लाली गुँरास युवा क्लब दनुवारी र चापिनि युवा क्लबका खेलाडीहरुलाई समेत खेलकुद सामाग्री हस्तान्तरण गरिएको मैनालीले बताउनुभयो ।