जनता टाइम्स

१६ असार २०७६, सोमबार १८:५४

आमा साबित्रीको हत्या गर्न छोरी इश्वरीले नै गरिन यतिसम्मको निकृष्ट हर्कत (बयानसहित)


 ईश्वरीले नै सुनाइन आमाको हत्या योजना । आमालाई पन्छाएपछि काँडा पन्छिने भन्दै मार्ने योजना सुनाइन । तर नौसादले म एक्लै आमाको हत्या गर्न सक्दिनँ भन्दै भारतबाट साथीहरु बोलाउनुपर्ने सुनाए । भारतबाट साथीहरु ल्याउँदा १२ लाख रुपैयाँ खर्च दिनुपर्ने प्रस्ताव पनि गरे । उनको प्रस्तावमा ईश्वरीले ‘हुन्छ’ भनेपछि नौसाद एक साताअघि नेपाल आइपुगे

काठमाडौं, असार १६

छोरीको घरबार राम्रो होस भनेर भलो चिताउँदा नै चाँगुनारायणमा ६० बर्षीया बृद्ध साबित्री भट्टराईको क्रुर हत्या भएको पाइएको छ । पतिमाथि बिश्वाशघात गर्दै परपुरुषसँग सल्किएकी भट्टराईको छोरी इश्वरीले आफ्नो अबैध सम्बन्ध कायमै राख्न योजना बनाएरै हत्या गरेको तथ्य प्रहरीले फेला पारेको हो ।

प्रहरीका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका ७ निवासी ईश्वरी भट्टराई र सिरहा कल्याणपुर नगरपालिका ४ का मोहम्मद नौसाद भक्तपुर कमलविनायकस्थित साह गार्मेन्टमा सँगै काम गर्थे । उमेरमा नौसाद इश्वरी भन्दा ४ बर्ष कान्छा थिए । एक वर्षयता २३ बर्षीय नौसाद र २७ वर्षीया ईश्वरीबीच सारिरीक सम्बन्ध निकै बढेको थियो । बिवाहित ईश्वरीका एक नाबालक छोरासमेत छन । ईश्वरीका श्रीमान एयरपोर्टको एउटा होटलमा काम गर्छन्। उनी प्रायः घर नआउने गर्थे । पति घर नआउनुको भरपुर फाइदा दुवैले लिइरहेका थिए ।

इश्वरी आफ्नो चाहनाअनुसार नैशादसँग नियमित सम्बन्ध राख्न चाहिन्थन । तर घरमै बसेकी आमालाई उनको यो चाला ठीक लागेको थिएन । त्यसैकारण अविवाहित नौसाद र ईश्वरीको प्रेमको बीचमा ‘पर्खाल’ बनेकी थिइन, आमा साबित्री भट्टराई । आफू बिवाहित र छोराको आमा भन्ने यथार्थ भुलेर उनले सम्झाउने आमा नै सवैभन्दा ठुलो शत्रु देखिन । अनि आफ्नो मनमौजीमा बाधा पुर्याएको ठहरसहित ईश्वरीले बिदेशमा रहेका प्रेमी बोलाएर हत्या गराइन ।

प्रहरीका अनुसार डेढ महिना अघि नै ६० वर्षीया साबित्रीको हत्या योजना बनेको थियो । सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका ५ की साबित्री ९ वर्षदेखि कान्छी छोरी ईश्वरीको घरमा बस्दै आउनुभएको थियो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार आइतबार बिहान करिब ९ बजे नौसाद ईश्वरीको घरमा पुगेका थिए । इश्वरी भने दुई दिनअघि नै गोदावरीस्थित फूपूको घर पुगेकी थिइन । आमाको हत्या हुनुभन्दा दुई दिन अगावै फुपुको घर पुग्नुको कारण थियो, अज्ञात समुहबाट हत्या भन्ने सूभना दिई प्रहरीबाट बच्ने उपाय ।

घरमा आइपुगेको देखेपछि छोरीसँगको नाजाजय सम्बन्धबारे जानकार साबित्री निकै रिसाउँछिन । प्रहरी समक्ष अभियुक्तले दिएको बयानअनुसार साबित्रीले किन आइस फेरि भन्दै नौसादलाई हप्काउँदै कुचोले हिर्काएर लखेट्छिन । नौसाद भाग्छन । अव गयो भन्दै उनी छोरीको छोरालाई बोर्डिङ पुर्याउन जान्छिन । नाती पुर्याएर फर्कैपछि उनी घरमा बसिरहेको बेला दिउँसो १ बजेतिर नौसाद फेरि आइपुग्छन । साथमा हत्याका लागि सुपारी दिइएका दुई जना भारतीय युवा हुन्छन । केहीबेरको गलफतीपछि नौसादले साबित्रीको मुख थुन्छन । प्रहरीका अनुसार भारतीय युवामध्ये अर्जुन कुमार भनिने भोला कुमारले साबित्रीको हात पक्डिन्छन् र मोहम्मद रहिसले क्रुरतापुर्वक घाँटी रेट्छन । हत्यापछि उनीहरु फरार हुन्छन ।

हत्याको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाका एक अधिकृतका अनुसार ईश्वरी र नौसादबीचको प्रेम सम्बन्धलाई लिएर आमाछोरीबीच बारम्बार बिवाद हुने गरेको थियो । नौसाद घरमै आउने र अनैतिक सम्बन्ध पनि राख्ने गरेकाले आमाले आपत्ति जनाउँदै सुध्रिन चेतावनी दिने गरेकी थिइन ।

छोरीले नौसादलाई नछोडेपछि कहिलेकाहीँ झगडा हुन्थ्यो । आमाले सम्बन्ध मन नपराएका कारण नौसादलाई आफूबाट अलग गर्न पनि ईश्वरीले प्रयास गरेकी थिइन । त्यही भएर उनले आफै खर्च हालेर डेढ महिनाअघि नौसादलाई दुबई पठाइन । ईश्वरीले नौसादलाई दुबई जान एक लाख रुपैयाँ पैसा दिएको प्रहरीले जनाएको छ । नौसाद दुबई उडेपछि साबित्रीलाई ढुक्क भएको थियो । तर ईश्वरीले नौसादलाई भुल्न सकिनन । नौसादले पनि ईश्वरीसँगको प्रेम भुल्न सकेनन । फेसबुकमा प्रेम अघि बढेयो । नौसादका कारण ईश्वरीको श्रीमानसँग पनि सम्बन्ध चिसियो । एयरपोटस्थित एक होटलमा काम गर्ने ईश्वरीका श्रीमान् लगभग घरै आउन छाडे ।

इश्वरी आफ्नो चाहनाअनुसार नैशादसँग नियमित सम्बन्ध राख्न चाहिन्थन । तर घरमै बसेकी आमालाई उनको यो चाला ठीक लागेको थिएन । त्यसैकारण अविवाहित नौसाद र ईश्वरीको प्रेमको बीचमा ‘पर्खाल’ बनेकी थिइन, आमा साबित्री भट्टराई । आफू बिवाहित र छोराको आमा भन्ने यथार्थ भुलेर उनले सम्झाउने आमा नै सवैभन्दा ठुलो शत्रु देखिन । अनि आफ्नो मनमौजीमा बाधा पुर्याएको ठहरसहित ईश्वरीले बिदेशमा रहेका प्रेमी बोलाएर हत्या गराइन

छोरी ज्वाईको सम्बन्ध बिग्रेको आमाले देख्न नसकी सम्झाइन । ‘ईश्वरी र नौसादको सम्बन्ध साबित्रीले थाहा पाएकी थिइन, यो सम्बन्ध अघि नबढोस भन्ने चाहन्थिन,’ अभियुक्त ईश्वरीकै बयान उद्धृत गर्दै महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले भन्नुभयो, ‘त्यसपछि आमासँग दुवैको दुश्मनी बढ्दै गएको देखिन्छ ।’

दुवईबाटै हत्या योजना

दुवई गएपनि फेसबुक, भाइबर र ह्वाट्स एपमार्फत ईश्वरी र नौसादबीच संवादमा जारी रह्यो । कसरी प्रेम सम्बन्धलाई साकार तुल्याउने भनी उनीहरुले छलफल गरे । ईश्वरीले नै सुनाइन आमाको हत्या योजना । आमालाई पन्छाएपछि काँडा पन्छिने भन्दै मार्ने योजना सुनाइन । तर नौसादले म एक्लै आमाको हत्या गर्न सक्दिनँ भन्दै भारतबाट साथीहरु बोलाउनुपर्ने सुनाए । भारतबाट साथीहरु ल्याउँदा १२ लाख रुपैयाँ खर्च दिनुपर्ने प्रस्ताव पनि गरे । उनको प्रस्तावमा ईश्वरीले ‘हुन्छ’ भनेपछि नौसाद एक साताअघि नेपाल आइपुगे ।

प्रहरीका अनुसार हत्याको मिति दुबईमै तय भएपछि ईश्वरी शुक्रबार फूपूको घर गोदावरीमा गएकी थिइन । योजना अनुसार नौसाद दुबईबाट फर्केर पुरानो ठिमीमा डेरा लिएर बस्न थाले । नौसाद र ती दुई भारतीयबीच आइतबार बिहान मात्र भेट भयो । दुवै सिरहाहुँदै बिहान मात्र काठमाडौं आएका थिए ।

नाती पुर्याएर फर्कैपछि उनी घरमा बसिरहेको बेला दिउँसो १ बजेतिर नौसाद फेरि आइपुग्छन । साथमा हत्याका लागि सुपारी दिइएका दुई जना भारतीय युवा हुन्छन । केहीबेरको गलफतीपछि नौसादले साबित्रीको मुख थुन्छन । प्रहरीका अनुसार भारतीय युवामध्ये अर्जुन कुमार भनिने भोला कुमारले साबित्रीको हात पक्डिन्छन् र मोहम्मद रहिसले क्रुरतापुर्वक घाँटी रेट्छन

हत्यापछि दुई भारतीय मकवानपुर पुगेर बसेका थिए । नौसादले दुवैलाई त्यहाँ पर्खाएका थिए । ‘म पैसा लिएर आउँछु भनी उनले पर्खाएको प्रहरीले बताएको छ । काठमाडौंबाट बस चढेर हिँडेका नौसादलाई प्रहरीले धादिङको गजुरीबाट आइतबार राति सात बजे पक्राउ गर्यो । उनको बयान र टेलिफोन ‘ट्रयाकिङ’ गरेपछि मकवानपुरमा कुरिरहेका थप दुई अभियुक्तलाई आज बिहान चार बजे पक्राउ गर्यो ।

दुवै भारतीले नौसादलाई पैसाको ताकेता गरिरहेका थिए । त्यही क्रममा उनीहरु पक्राउ परेका थिए । प्रहरीले त्यस अगावै छोरीमाथि शंका गरिसकेको थियो । उनकै फोन ट्रयाकले नौसाद पक्राउ परेका थिए ।