जनता टाइम्स

१७ असार २०७६, मंगलवार १२:०७

प्रथम राष्ट्रिय आर्थिक गणनाको नतिजा सार्वजानिक, ९ लाख आर्थिक प्रतिस्ठान मध्ये आधामात्र दर्ता


काठमाडौं, असार १७

केन्द्रीय तथ्याङ्क विभागले प्रथम राष्ट्रिय आर्थिक गणना २०७५को नतिजा सार्वजानिक गरेको छ ।तथ्याङ्क विभागले ७७ जिल्लामा नै २०७५ बैशाख १ गते देखी जेठ ३१ गते सम्म तथ्याङ्क संकलन गरेको हो ।

आर्थिक तथ्यङ्कको आधारको रुपमा विभिन्न प्रकारका उद्योग,व्यवसाय, संघसस्था जस्ता प्रतिस्ठान वा आर्थिक एकाइहरुको विवरण संकलन गरेको विभागले जानकारी दिएको छ । प्रथम राष्ट्रिय आर्थिक गणना २०७५को नतिजा अनुसार नेपालमा सञ्चालित प्रतिस्ठानहरुको संख्या ९ लाख २३ हजार ३ सय ५६ रहेको छ । यस मध्ये ४ लाख ६२ हजार ६०५ प्रतिस्ठानहरु दर्ता भएका र ४ लाख ६० ४ सय २२ प्रतिस्ठान दर्ता नभई सञ्चालनमा रहेको नतिजा सार्वजानिक गरेको छ ।

प्रतिस्ठानहरुमा सक्रियरुपमा संलग्न जनशक्ति संख्या ३२ लाख २८ हजार रहेका छन् । जसमा पुरुष २० लाख १२ हजार छन् भने महिला १२ लाख १६ हजार रहेका छन् । यसलाई प्रतिशतमा भन्दा ६२ प्रतिशत पुरुष रहेका छन् भने ३८ प्रतिशत महिला रहेका छन् ।

१८ ओटा वर्ग छुट्टाएर गरेको अध्ययनमा सबै भन्दा धेरै प्रतिस्ठान थोक तथा खुद्रा व्यपार, मोटर गाडि, मोटर साईकलको मर्मतमा कुल प्रतिस्ठानको ५४ प्रतिशत रहेको तथ्याङ्क प्रकाशित गरेको छ ।
देस्रोमा आवस सुविधा तथा खाना व्यवस्था (होटल व्यवसाय) रहेको छ जुन १४ प्रतिशत प्रतिस्ठान रहेका छन् । त्यस्तै औद्योगिक उत्पादन तेस्रोमा पर्छ । जसमा ११ प्रतिशत प्रतिस्ठान रहेको उल्लेख गरिएको छ ।
शिक्षामा ४, कृषी (दर्ता भएका मात्र) २.६,खानी ०.०७ , विद्युत, ग्याँसमा ०.१३ ,पानी आपुर्ति, फोहोर व्यवस्थापनमा ०.२७, निमार्णमा ०.१७ ,यातयात तथा गोदाम ०.३४, सुचना तथा संचार ०.३०, वितीय तथा बीमा १.९५, घरजग्गा कारोबार ०.०२, पेशागत, वैज्ञानिक ०.८९, प्रशाशनिक तथा सहयोगी क्रियाकलाप ०.७४, मानव स्वस्थ्य तथा सामाजिक कार्य २.१६, कला, मनोरञ्जनमा ०.३१ र अन्य सेवामा ६.२३ प्रतिशत प्रतिस्ठान सञ्चालनमा रहेको विभागले प्रकाशित गरेको छ ।

पुरा रिपाेर्टहेर्न यहाँ क्लिक गर्नुहाेस्