जनता टाइम्स

१७ असार २०७६, मंगलवार १५:३९

सर्पले दायाँ कानमा डस्दा १९ वर्षीय युवकको मृत्यु


बझाङ, असार १७

बझाङको मस्टा गाउँपालिका–१ घर भएको बुङ्गल नगरपालिकामा एक युवकको सर्पदंशबाट मृत्यु भएको छ । आफ्नो दिदीलाई घर पुर्याएर फर्कने क्रममा केदारस्यू गाउँपालिकाको देउरा बजारस्थित अरुण होटेलमा सुतिरहेको अवस्थामा सर्पले दायाँ कानमा डस्दा १९ वर्षीय पवन रोकायाको मृत्यु भएको हो ।

जिल्ला अस्पताल सिमखेतमा उपचारका क्रममा उहाँको मृत्यु भएको प्रहरीले बताएको छ । यसैबीच नेपाली सेनाका एक जवानलाई समेत हालै सर्पले डसेको र उहाँको पनि उपचार भइरहेको अस्पतालले जनाएको छ ।