जनता टाइम्स

१८ असार २०७६, बुधबार १४:२७

बाबुराम छाडेर सत्तारुढ नेकपा प्रवेश गर्दै पूर्वमन्त्रीसहित एक दर्जन नेता


काठमाडौं, असार १८

संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मानजनक नभएको भन्दै तत्कालीन नयाँ शक्तिका केही शीर्ष नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने हुनुभएको छ । पूर्वमन्त्री कल्पना धमलासहित तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँलगायत ठमेलका केही व्यवसायी र गोरखाका नेता तथा कार्यकर्ता गरी २० जना नेकपामा प्रवेश गर्नुहुने भएको हो ।

स्रोतका अनुसार बिहीबार धुम्बराहीस्थित नेकपा पार्टी कार्यालयमा औपचारिक कार्यक्रम गरेर उक्त नेताहरुलाई पार्टी प्रवेश गराउने तयारी भएको छ । पार्टी कार्यालयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै उपस्थित भएर पार्टी प्रवेश गराउने गरी छलफल भएको एक नेताले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विहिबारै नेकपाका दुबै पार्टी अध्यक्षले हामीलाई पार्टी प्रवेश गराउँनुहुन्छ ।’