जनता टाइम्स

२३ असार २०७६, सोमबार ०८:०४

चार प्रस्तावित राजदूतको सुनुवाई हुदै


काठमाडौं, असार २३

संसदीय सुनुवाई समितिले चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाई गर्दैछ । अहिले विहान बस्ने बैठकमा चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाई हुने समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

अष्ट्रेलियाका लागि राजदूतमा महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि राजदूतमा नारद भारद्वाज र बंगलादेशका लागि वंशीधर मिश्रको नाममा सुनुवाई हुदैछ । यद्यपी चार राजदूतको व्यक्तिगत रूपमा कसैमाथि उजुरी परेको छैन । दुईवटा उजुरी सैद्धान्तिक उजुरी परेका छन्। व्यक्तिमाथि उजुरी नपरेकाले चारैजना स्वतः राजदूतमा सुनुवाइ समितिबाट अनुमोदित हुनेछन्। सैद्धान्तिक उजुरी समावेशी, समानुपातिक बनाउनुपर्ने भन्ने आएकाले यसको अर्थ नरहेको बताइएको छ ।