जनता टाइम्स

२५ असार २०७६, बुधबार १२:३६

मदन पुरस्कारका लागि भए यी सात कृति छनोट


काठमाडौं, असार २५

‘मदन पुरस्कार–२०७५’ का लागि छनोट समितिले शुरुवाति ७ कृति छनोट गरेको छ । मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले २५७ मध्ये सात कृति पुरस्कारका लागि छनोट गरेको हो ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले छनौट समितिको सिफारिसमा सर्ट लिस्टिङ गरिएको जानकारी दिनुभयो । छनोटमा परेका कृतिमा सानु शर्माको ‘एकादेशमा’, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’ र कुमार नगरकोटीको ‘ज्ञ’ छन् । त्यस्तै, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ पनि उत्कृष्ट सातमा परेका छन् । यही सात कृतिबाट एउट कृटि ‘मदन पुरस्कार–२०७५’ बाट पुरस्कृत हुनेछ । प्रतिष्ठित मदन पुरस्कारको राशि २ लाख रुपैयाँ छ ।