जनता टाइम्स

२६ असार २०७६, बिहीबार १२:३४

२४५ किलोग्राम लागूऔषध गाँजासहित एक पक्राउ


धादिङ, असार २६

गजुरी गाउँपालिका वडा नं २ डुँडेठाँटीबाट प्रहरी टोलीले आज प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । अवैधरूपमा आठ बोरामा ओसारपसारका लागि राखिएको अवस्थामा २४५ किलोग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न बेनिघाटरोराङ गाउँपालिका वडा नं १ का ४१ वर्षीय वीरबहादुर लामालाई पक्राउ गरिएको छ । आरोपितलाई प्रतिबन्धित लागुऔषध ओसारपसारअन्तर्गत मुद्दा लगाइने प्रहरीले जनाएको छ । पक्राउ गरिएका लामालाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा लिएर अनुसन्धान थालेको छ ।