जनता टाइम्स

१३ भाद्र २०७५, बुधबार ११:५२

‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर युट्युब ट्रेन्डिङमा


कोरियोग्राफर रेनशा वान्तवा राईको डेब्यू निर्देशन रहेको सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक भएको छ।

साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको मुख्य भूमिका रहेको फिल्मको ट्रेलरमा लण्डनमा रहेका दुई नेपाली युवायुवतीको प्रेम कथालाई देखाइएको छ। अधिकांश दृश्यमा लण्डनका विभिन्न स्थानलाई देखाइएको छ।

फिल्ममा साम्राज्ञी र धिरजका अलावा शाहरुक ताम्रकार, विजय लामा अर्जुन श्रेष्ठ, दिल भुसण पाठक, रुबी राणा शाह, बिबेक लिम्बु लगायत कलाकारहरुको पनि अभिनय रहेको छ।

असोज ५ गतेदेखि प्रदर्शनमा आउने ‘इन्टु मिन्टु लण्डनमा’ को ट्रेलर सार्वजनिक भएसँगै युट्युब ट्रेन्डिङमा पनि परेको छ।

आइकोर फिल्मसले बनाएको इन्टु मिन्टु लण्डनमाको ट्रेलरले युट्युबमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ भने नव नायक धिरजको विशेष तारिफ गरिएको छ।

हेरौँ ट्रेलरः