जनता टाइम्स

१३ भाद्र २०७५, बुधबार ११:५३

महको ‘दाल भात तरकारी’ पछि सौगात र सृष्टिको ‘मासु भात’


महसञ्चारको ब्यानरमा ‘दाल भात तरकारी’ सिनेमा निर्माणको घोषणा भएको केही दिनमै ‘मासु भात’ नामक अर्को सिनेमा निर्माण हुने भएको छ।

मासु भातमा पहिलो पटक मुख्य पात्रको रुपमा देखिन लागेका सौगात र सृष्टि देखिन लागेको छ।

सञ्जीव न्यौपानेको निर्देशनमा बन्ने मासु भातको यति बेला लोकेसन खोजीको कार्य भइरहेको छ। आफ्नै कथा रहेको फिल्मको स्टोरी लाइन खोल्न नमिल्ने निर्देशक न्यौपानेले बताएका छन।

सौगात र सृष्टिले फिल्म ‘लालपूर्जा’मा यसअघि एकसाथ काम गरिसकेका भए पनि लालपूर्जामा सृष्टिको भूमिका छोटो थियो। अब भने यी प्रेमजोडी पूरा फिल्ममा एकसाथ देखिने पक्का भएको छ ।