जनता टाइम्स

२७ असार २०७६, शुक्रबार १३:४५

पहिरोले घर पुरिदा काभ्रेमा एकै परिवारका दुई जनाको मृत्यु, दुई घाइते


काभ्रे, असार २७

लगातारको वर्षापछिको का्रभेमा पहिरोले घर भत्कँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । काभ्रेको बनेपा–३, चुनातालमा घर पुरिँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

रामप्रसाद दंगालको घर पुरिदा उनकी श्रीमती अन्दाजी ५५ बर्षीय गोमा र ७ वर्षीया नातिनी सुहावीको मृत्यु भएको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी नायव निरिक्षक बिष्णु सापकोटाले जानकारी दिनुभयो । घटनामा परी उनकी बुहारी सुशिला र जेठी नातिनी अनुष्का घाइते भएका छन् ।

वर्षाकै कारण काभ्रे जिल्लाका विकट क्षेत्रहरु कोशिपारि, डाँडापारि, रोशी क्षेत्र, तेमाल भेग लगायतका ग्रामीण सडकहरु पूर्णरूपमा बन्द भएका छन्। भौगोलिक विकटताका कारण उक्त क्षेत्रहरु पहिरोको उच्च जोखिममा रहेका छन।