जनता टाइम्स

२७ असार २०७६, शुक्रबार १४:५४

बाढी र पहिरोको विपत्ति : ६ जनाको मृत्यु, ५ बेपत्ता


काठमाडौं, असार २७

अविरल परेको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरमा ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार शुक्रबार मध्यान्हसम्म मन्त्रालयमा आएको जानकारी अनुसार अन्य ५ जना बेपत्ता भएका छन् ।

तथ्यांक अनुसार ४ जिल्लामा ६ जनाको मृत्यु भएको हो । झरीपछि आएको पहिरोमा परी रामेछापमा एक जनाको मृत्यु भएको छ । यस्तै झरीकै कारण काभ्रेमा २, ललितपुरमा एक र सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । त्यस्तै खोटाङमा भने ३ जना बेपत्ता भएका छन् ।

त्यस्तै बाढीका कारण मोरङ र सुनसरीमा एक\एक गरी दुई जना बेपत्ता भएका छन् भने पर्सामा बाढीले बगाएर एकको मृत्यु भएको छ । त्यस्तै मोरङमा बाढीका कारण चार घर डुबानमा परेका छन् भने एक हजार घर प्रभावित बनेका छन् । रौतहटको लालबकैया नदीमा पानीको प्रवाह बढेका कारण उक्त क्षेत्र जोखिमपूर्ण बनेको छ ।