जनता टाइम्स

२८ असार २०७६, शनिबार १६:३३

बाढी–पहिरोको बितण्डा : ३० जनाको मृत्यु, १८ बेपत्ता, ६४ को सकुसल उद्धार (सूचीसहित)


काठमाडौं, असार २८

अबिरल बर्षासँगै मुलुकभर आएको बाढी पहिरोमा परी अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार अहिलेसम्म बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन भने १२ जना घाइते भएका छन ।

मन्त्रालयका अनुसार बाढी पहिरोमा परी ललितपुरमा ५ जनाको ज्यान गएको छ । यस्तै काठमाडौं, खोटाङ र काभ्रेमा तीन÷तीन जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २/२ जनाको ज्यान गएको छ । यसैगरी पाँचथर, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जनाको मृत्यु भएको छ । यसैगरी मकवानपुरमा ४ जना, काभ्रेमा २ जना, खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १/१ जना गरी १२ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै सिन्धुलीमा ४ जनाभोजपुरमा ३ जना, काठमाडौं, ललितपुर पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, पर्सा धादिङमा १/१ जना गरी १८ जना वेपत्ता भएका छन् । यस्तै बाढीमा फसेका ६४ जनाको सकुसल उद्धार गरिएको छ । जसमध्ये काठमाडौंमा ४२ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १/१ जना रहेका छन ।

मृत्यु हुनेको संख्या : ३०,  बेपत्ता : १८ जना, घाईते : १२ जना

मृतकको सूची
ललितपुरमा ५ जना
काठमाडौं : ३ जना
खोटाङ : ३ जना
काभ्रे : ३ जना
भोजपुर : २ जना
मकवानपुर : २ जना
धादिङ : २ जना
सिन्धुली : २ जना
पाँचथर : १ जना
ओखलढुंगा : १ जना
पर्सा : १ जना
रामेछाप : १ जना
ईलाम : १ जना
झापा : १ जना
सुनसरी : १ जना
बारा : १ जना
चितवनमा : १ जना

घाइते सूची

मकवानपुरमा ४, काभ्रे २, खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १/१ जना

बेपत्ता : सिन्धुली ४, भोजपुर ३, काठमाडौं, ललितपुर पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, पर्सा र धादिङमा १/१ जना गरी १८ जना वेपत्ता ।

उद्धार
काठमाडौंमा ४२, उदयपुर १, ललितपुरमा ३, सिन्धुली ४, सिराह २, भक्तपुर, सुनसरी र मकवानपुर १/१ जना गरी ६४ जनाको सकुशल उद्दार ।