जनता टाइम्स

३१ असार २०७६, मंगलवार १९:२०

विषादी परिक्षण नगरी तरकारी नभित्र्याउन सर्वोच्चको आदेश


काठमाडौं, असार ३१

सर्वोच्च अदालतले विषादी परीक्षण नगरी तरकारी ल्याउन दिन सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले दुबै पक्षसँग छलफल गरी यसअघि दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिने निर्णय गरेको हो । विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउने सरकारको निर्णयविरूद्ध तीन वटा रिट सर्वोच्च अदालतमा दर्ता भएका थिए । आज रिटका दुबै पक्षलाई अदालतले छलफलका लागि झिकाएको थियो । उक्त छलफलपछि अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो।