Untitled Document

प्रर्दशन चर्किएपछि विर्तामोडमा अनिश्चकालिन कर्फ्यू आदेश जारी

बिर्तामोड, कात्तिक १०

बालकका हत्यारालाई कारबाही गर्न माग गर्दै गरिएको प्रदर्शनपछि उत्पन्न तनाव कम गर्न झापाको बिर्तामोडमा अनिश्चिकालिन कर्फ्यू जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले मुक्तिचोकको आसपास दुई किलोमिटर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको हो ।

पूर्वतर्फ बिर्तामोड बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिण तर्फ बिर्ता बजारलाई निषेधित क्षेत्र घोषणा गर्दै अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
अर्जुनधारा नगरपालिका ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कारवाहीको माग गर्दै बिर्तामोडमा निकालिएको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेपछि तनाव भएको हो । लक्ष्मणको हत्या भएको एक महिना बित्नै लाग्दा पनि प्रशासनले हत्यारालाई पक्रिन नसकेको भन्दै परिवार, आफन्त र स्थानीयबासिन्दाले बिर्तामोड बजार बन्द गराएर र्‍याली निकालेका थिए ।

र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेपछि ढुङ्गामुढा भएको थियो । गएको असोज १४ गते विदेशबाट बुवाले पठाइदिएको जुत्ता लिन बिर्तामोड–५, पाथीभरा टोलमा रहेको सुरेश पोखरेलको घर गएका लक्ष्मणको शव हत्या गरेर फालिएको अवस्थामा चारपानेको ठाकुर मन्दिरदेखि २ सय मिटर पूर्वको खाडीमा १५ गते भेटिएको थियो । मृतकका आफन्त र स्थानीयबासिन्दाले हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै संघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आएका थिए ।

October 27, 2017मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *