Untitled Document

लोकतान्त्रिक गठबन्धन नतोड्ने राप्रपाको निर्णय, ५ क्षेत्रको उम्मेदवार टुंगो लगायो

काठमाडौं, कात्तिक १३

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली काग्रेससग तत्काल गठबन्धन नतोड्ने निर्णय गर्दै दोस्रो चरणमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ५ जना उम्मेदवारको टुङ्गो लगाएको छ ।

अध्यक्ष कमल थापाको निवासमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले झापा क्षेत्र नम्वर तीनमा काग्रेससग मित्रवत प्रतिष्पर्धा गर्ने निर्णय गरेको छ । राप्रपाले मकवानपुर १ बाट अध्यक्ष थापा, झापा ३ बाट महामन्त्री राजेन्द्र लिङ्देन, काठमाडौं ७ मा विक्रमबहादुर थापा, बाँके २ मा ओमप्रकाश आजाद र दैलेख १ मा दीपक कुमार शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । लोकतान्त्रिक गठबनधनमा आवद्ध कंग्रेस र राप्रपा दुबै पार्टीले झापा ३ मा उम्मेदवारी दिने निर्णय गरेपछि आजको बैठकमा केही नेताहरुले गठबन्धनको औचित्यबारे समेत प्रश्न उठाएका थिए ।

अध्यक्ष थापाले लोकतान्त्रिक शक्तिहरुबीचको एकता र राष्ट्रियता मजबुत तुल्याउन पनि गठबन्धनमा रहिरहन आवश्यक रहेको भन्दै दुबै पार्टीको उम्मेदवारी परेको क्षेत्रमा मित्रवत प्रतिस्पर्धामा उत्रिन नेताहरुलाई आग्रह गर्नु भएको थियो । गठबन्धनमा आवद्ध दलहरुसँगको छलफलपछि प्रतिनिधिसभा र प्रदेश सभाको बाँकी उम्मेदवारको टुङ्गो लगाउने सहप्रवक्ता श्रेष्ठले बताउनुभयो । यसैविच, राप्रपाले चुनावी घोषणा पत्रलाई समेत अन्तिम रुप दिन छलफललाई अगाडी बढाईरहेको छ । बैठकले चुनावी घोषणापत्र यही कार्तिक २० मा सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।

October 30, 2017मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *