Untitled Document

एनआरएनए जापानद्धारा खेलाडीलाई सम्मान

जापान । जापानमा जारी तेस्रो सिजुओका खुल्ला इन्टरनेशल फ्रेण्डशिप कराँते प्रतियोगीतामा सहभागि हुन आएका नेपाली खेलाडीहरुलाई एनआरएनए जापानले सम्मान गरेको छ ।  सोही अवसरमा बधाई एवं स्वागत गर्दै एनआरएनए जापानले सम्मान गरेको हो ।

खेलाडी कुमार श्रेष्ठले , ४० वर्ष माथी को उमेर समुहका ७० केजी तौल समुहमा रामहरी आले मगर ले ४० वर्ष माथी ७० केजी भन्दा माथी प्रतिस्पर्धामा त्यसैगरी विनिता फुयाल ३५ वर्ष माथी , महिला खुल्ला तौल समुहमा र दिसान लामाले १५वर्ष मुनीको ५५ केजी मुनी तौल समुहमा सहभागीता जनाउनु भएको थियो ।

सहभागी खेलाडी मध्ये दिसान लामाले रजत पदक हात पार्नुभएको थियो भने प्रतियोगीताको वेष्ट फाइटरको उपाधी नेपालका रामहरी आले मगरले हात पार्नु भएको थियो ।  उक्त राष्ट्रहरुबाट करिब २०० भन्दा बढि खेलाडीहरुले उपाधीका लागि सहभागीता जनाइरहेका छन ।

प्रतियोगीतामा नेपाली खेलाडीले रजत पदक सहित वेष्ट फाइटरको उपाधी पाँउदा जापान स्थित नेपाली अत्यन्त हर्षित भएको कार्यक्रममा एनआरएनए जापानको तर्फ बाट संघका उपाध्यक्षद्वय शिव प्रसाद पौडेल र सरोज खत्री, कोषाध्यक्ष कालिका थापा, महिला संयोजक सबिता श्रेष्ठ र अन्य सदस्य लगायत सुभचिन्तक हरुले पुष्प गुच्छा सहित खादा ओडाएर स्वागत तथा सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा अन्य नेपाली हरुको उपस्थिति र सहभागिता बाक्लो रहेको थियो ।१५ बर्ष पछी नेपाललाई सिन क्योकुसीन करातेमा यस्तो सफलता हासील मिलेकोकुरा कोच ले उक्त सम्मान कार्यक्रममा बताउनु भयो । सिजुओका देखि टोकियो सम्मको आर्थिक ब्यवस्थापन आईसिसि अध्यक्ष भवन भट्टले सहयोग गर्नु भएको हो।

October 31, 2017मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *