जनता टाइम्स

५ श्रावण २०७६, आईतवार ००:२९

वाह ! कालिन्चोक : जाने होइन त घुम्न (फोटो फिचर)


दोलखा, साउन ५ । सुन्दर जिल्ला दोलखामा अवस्थित कालिञ्चोक भगवती धार्मिक पर्यटकीय स्थल हो। कालिञ्चोक भगवती हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल पनि हो । सदरमुकाम चरिकोटबाट करिव १७ किलो मिटर उत्तरमा पर्ने यो मन्दिर ३८४२ मिटर उचाइमा रहेको छ ।कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत सात भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती छ। जनैपुर्णीमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ। प्राकृतिक सुन्दरताको उत्कृष्ट स्थान कालिञ्चोक जीवनमा एक पटक जानै पर्ने ठाउँमा पर्दछ । हेर्नाेस कति मनमोहक छन दृष्यहरु :