जनता टाइम्स

५ श्रावण २०७६, आईतवार १७:३९

इतिहासकै कमजोर प्रतिपक्ष कांग्रेस तर्कहिन अवस्थामा रहेको नेकपा नेता रायमाझीको भनाई


काठमाडौं, साउन ५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री तथा मन्त्री फेर्ने कुरा हल्लामात्र भएको बताउनु भएको छ । उहाले त्यसविषयमा पार्टीभित्र अहिलेसम्म छलफल नै नभएको स्पष्ट पार्नुभयो ।

राजधानीमा आयोजित कार्यक्रममा उहाले भन्नुभयो, ‘अहिले प्रधानमन्त्री फेर्नुपर्ने आवश्यकत्ता छैन् । वर्तमान प्रधानमन्त्रीको विकल्प छैन् । अहिले प्रचण्ड प्रधानमन्त्री बन्ने भनेर कुनै छलफल भएको छैन् । प्रधानमन्त्री मात्रै होईन तत्काल मन्त्रीहरुपनि परिवर्तन हुने सम्भावना मैले देखेको छैन् ।’ नेता रायमाझीले व्यक्ति भन्दापनि काम गर्ने शैली र सोच बदल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उहाले नेपाली कांग्रेस अहिलेसम्मकै कमजोर प्रतिपक्ष भएको जिकिर गर्नुभयो । कांग्रेससँग संसदमा वा बाहिर कुनै पनि तर्क नै नभएको देखिएको भन्दै निकम्माको संज्ञा दिनुभयो । ‘मैले अहिलेकोजस्तो कमजोर प्रतिपक्षी दल कहिल्यै पनि थिएन् । म त भन्छु प्रतिपक्षी दल निकम्मा भयो । कांग्रेससँग कुनै तर्क र आधार छैन्’, नेता रायमाझीको भनाई छ ।