जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार १०:१४

जनताका समस्या बुझ्न नेकपाका सांसद जुम्लाका ग्रमिण बस्तीमा


जुम्ला, साउन ७

सरकारका कामकारवाही जनतासम्म पुग्न नसकेको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसदले जुम्लामा घरदैलो अभियान शुरु गरेको छ । प्रतिनिधिसभाका सांसद तथा नेकपाका जुम्ला जिल्ला इन्चार्ज जगेन्द्रबहादुर महत अहिले जुम्लाको ग्रमिण बस्ती बस्तीमा पुग्न थाल्नु भएको छ ।

नागरिकका समस्या बुझ्न र गुनासा सुन्न र त्यसलाई केन्द्रसम्म ल्याएर समधानको बाटो खोज्न उहा गाउबस्तीमा पुग्नु भएको हो । सांसद महतले देशको समृद्धिका लागि नेकपाको विकल्प नभएको बताउनु भयो । ‘देश संघियतामा गएसंगै आफ्नो गाउको सम्बृद्धि गर्न नेकपाले मात्र सक्नेछ ।’ उहाका अनुसार प्रकृतिक हिसावले धनी र भौगोलिक हिसावले पछाडि परेको साबिकको पटमारा गाबिसको विकासका लागि नेपाल कम्युनिष्ट पार्टीले मात्र सक्ने बताउनु भयो ।

त्यस्तै नेकपाका कर्णाली प्रदेश कमीटिका सदस्य पुर्ण प्रसाद धितालले विकासका विरोधिहरुले कम्युनिष्टको सरकारले गरेको कार्यप्रतिको नकरात्मक भ्रम फैलाएको बताउनु भयो । उहाले भन्नुभयो, ‘कसैले आरोप लगाउदैमा नेकपाको सरकार नागरिकको विकास र समृद्धीको लागि पछि हट्दैन।’ नेकपाका कर्णाली प्रदेश कमीटिका सदस्य धिरेन्द्रराज गिरीले नेकपाको सरकार नागरिककै विकास र समृद्धिको लागि आएको सरकार हो भन्दै नेकपाको सिद्धान्त ,ब्यक्ति मुखी नभएर नागरिक मुखी भएको बताउनु भयो ।