जनता टाइम्स

८ श्रावण २०७६, बुधबार ०९:५९

योग्यता र क्षमता आधारमा नेतालाई जिम्मेवारी दिन योगेश भट्टराईको सुझाव


काठमाडौं, साउन ८

नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले कार्यबिभाजन गर्दा योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिनुपर्ने बताउनु भएको छ । स्कुल विभागको विषयलाई लिएर विवाद भईरहेका खबरहरु सार्वजनिक भईरहेका बेला नेता भट्टराईले योग्यता र क्षमता पनि हेरिनुपर्ने बताउनु भएको हो ।

समाजिक सञ्जालमार्फत उहाले ५ वटा सुझाव दिदै प्रत्येक वर्ष जिम्मेवारी हेरफेर गर्नुपर्ने पनि बताउनु भयो ।

यस्ता छन्, उहाका सुझाव

नेकपामा कार्यबिभाजन र जिम्मेवारी बाँडफाडका बारेमा बहस भाईरहेको सन्दर्भमा निम्न बिषयमा नेत्रित्वको ध्यानाकर्षण गर्दछु ।
१। कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिऊ ।
२। कुनै पनि ब्यक्तिलाई स्थायी रुपमा किनै जिम्मेवरी नदिऊ । हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गरौ ।
३। पार्टीमा भूगोल, बिभाग र फांट गरी कामका तीन क्षेत्र छन । रोटेसनका आधारमा एउटा ब्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अबसर दिऊ ।
४। प्रत्येक ब्यक्तिको कार्य मुल्याङ्कनलाई बैज्ञानीक प्रणालीका आधारमा पारदर्शी बनाऊ । हरेक बर्ष ब्यक्तिको मुल्याङ्कन प्रतिबेदन सार्वजनिक गरौ । त्यसका आधारमा पुरस्क्रित र दन्डित गर्ने पारीपाटी बसालौ ।
५। कुनै पनि ब्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रुपमा दिएको होईन भन्ने कुरा बुझौ र बुझाऔ